अल्पसंख्यक समूदायको अधिकार लेखिएको संविधान जारी गर्ने दलहरुको प्रतिवद्धता

अल्पसंख्यक समूदायको अधिकार लेखिएको संविधान जारी गर्ने दलहरुको प्रतिवद्धता

काठमाडौं (पहिचान) मंसिर २३ -राजनीतिक दलका नेताहरुले नयाँ संविधानमा कसैको भावनामा चोट पुग्ने व्यवस्था नहरने प्रतिवद्धता जनाएका छन् । ६६ औ अन्तराष्ट्रिय मानवअधिकार दिवसका अवसरमा भएको मानवअधिकार राष्ट्रिय महाभेलामा नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेशी जनअधिकार फोरम नेपालका नेताहरुले सम्मान जनक रुपमा बाच्न पाउने अधिकार कसैले पनि हनन गर्न नसक्ने व्यवस्था नयाँ संविधानमा लेखिने वताए ।

काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठ र मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मानव भएर जन्मेपछि पाउने मानवअधिकार सुनिश्चित हुने कानुन बन्ने वताए ।SAM_3183

उनीहरुले अल्पसंख्यक समूदायको अधिकार संविधानमा लेखिदैन कि भनेर आशंका नगर्न आग्रह समेत गरे । सबै नागरिक अधिकारमा समान छन् उनीहरुले भने, सबैलाई न्याय र समान अवसर हुनुपर्छ ।

३६५ दिननै मानवअधिकार नारा सहित भएको महाभेलामा यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजले स्टल राखेको थियो । समलिंगी तेस्रोलिंगीबारे जानकारी दिने उद्धेश्यले राखिएको स्टलमा समाजले प्रकाशन गरेका विभिन्न प्रचार सामग्री, वृत्त चित्र वितरण गरिएको थियो ।

स्टल अवलोकनका लागि नेपाल प्रहरी, मानवअधिकारवादी संघ संस्थाका प्रतिनिधि, संचारकर्मी पुगेका थिए । उनीहरुले समलिंगी तेस्रोलिंगीको बिषयमा चासो राखेर प्रश्न गरेको र आफूहरुले आफ्नो समूदायको बारेमा जानकारी दिएको समलिंगी तेस्रोलिंगीले वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading