संविधानमा समलिंगी तेस्रोलिंगीको अधिकार लेखिनु पर्छ : आयोग अध्यक्ष शर्मा

संविधानमा समलिंगी तेस्रोलिंगीको अधिकार लेखिनु पर्छ : आयोग अध्यक्ष शर्मा

काठमाडौं (पहिचान) मंसिर २४ -राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नयाँ संविधानमा महिला, पुरुषसँगै समलिंगी तेस्रोलिंगीको अधिकार लेखिनु पर्ने वताएका छन् । मानवअधिकार मैत्री संविधान छिटो बन्नु पर्ने वताउँदै अध्यक्ष शर्माले समलिंगी तेस्रोलिंगी माथि हुने विभेद अन्त्य हुनुपर्ने वताए । ६६ औ अन्तराष्ट्रिय मानवअधिकार दिवसका अवसरमा भएको कार्यक्रमपछि पहिचान अनलाइनसँग कुरागर्दै शर्माले संविधान र कानुनबाट आत्तिनु पर्ने अवस्था नभएपनि कार्यान्वयन पक्ष फितलो भएको वताए ।

IMG_20141210_092006369शर्माले ६ बर्षे रणनीतिक योजना बनाएर आयोगका सिफारिस कार्यान्वयन नगर्नेको अभिलेख तयार गरेर राष्ट्रिय एवं अन्तराष्ट्रिय करण गर्ने वताए । उनले मानवअधिकारको अवधारणा विश्वभर एउटै हुने र सबैले सम्मान पूर्वक बाच्न पाउनु पर्ने वताए । दिवसको अवसरमा भएको कार्यक्रममा नील हिरा समाजकी मानवअधिकार विभाग प्रमूख तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले नयाँ संविधानमा समलिंगी तेस्रोलिंगीको अधिकार लेखिनु पर्ने वताइन । श्रेष्ठले अहिले पनि पूर्ण रुपमा मानवअधिकार पाउन नसकेको वताइन । आर्थिक, सामाजिक र सास्कृतिक अधिकारबाट समलिंगी तेस्रोलिंगीलाई बञ्चित गराउन नहुने श्रेष्ठको भनाई छ ।

कार्यक्रममा महिला, दलित अधिकारकर्मी, आदिवासी जनजाती, अपाङ्गता, ज्येष्ठ नागरिक अगुवाले बाच्न पाउने अधिकार कुण्ठित गर्न नहुने वताए । यसैबीच नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले मानव भएपछि पाउनु पर्ने मानवअधिकार पाउँ भन्दै हरेक बर्ष औपचारिक कार्यक्रम गरेर दिवस मनाउनु दुख लाग्दो कुरा भएको वताइन । मानवअधिकार हननका घटना नभएको भए दिवस मनाइरहनु पर्दैनथ्यो अध्यक्ष गुरुङले भनिन्, समलिंगी तेस्रोलिंगी मैत्री संविधान छिटो निर्माण होस । विश्वका सबै मानिसले विना भेदभाव समान ढंगले सबै मानवअधिकार निर्वाध उपभोग र अभ्यास गर्न पाउनु पर्दछ भन्ने उद्धेश्यले सन् १९४८ डिसेम्वर १० का दिन संयुक्त राष्ट्रसंघले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको ६६ बर्ष पुगेको अवसरमा अन्तराष्ट्रिय मानवअधिकार दिवस मनाइएको हो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading