सबै बिभेदकारी कानुन तत्काल संसोधन गर्न मानवअधिकार महाभेलाको माग

सबै बिभेदकारी कानुन तत्काल संसोधन गर्न मानवअधिकार महाभेलाको माग

अम्विका दाहाल /काठमाडौं (पहिचान) मंसिर २८ -मानबअधिकार राष्ट्रिय महाभेलाले समलिंगी तेस्रोलिंगीको पहिचान सहित सम्मान पूर्वक जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेको छ । महाभेलाले समलिंगी तेस्रोलिंगी एवं यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको अधिकार सुनिश्चित गर्न माग गरेको हो । मानवअधिकार महाभेलाको २० बुँदे घोषणा पत्रमा समलिंगी तेस्रोलिंगीले सम्मान पूर्वक बाच्न पाउनु पर्ने उल्लेख गरिएको छ ।

यो बर्षको ६६ औ अन्तराष्ट्रिय मानवअधिकार दिवस समापन कार्यक्रममा जारी घोषणापत्रको पहिलो बुँदामा सहमतिका साथ मानवअधिकार मैत्री नयाँ संविधान जारी गर्न दलहरुलाई आव्हान गरिएको छ । यस्तै संघीयताको स्वरुप निर्धारण गर्दा सबै समूदायको नीति निर्माण तहमा समावेशीकरण, स्वामित्व र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आग्रह गरिएको छ । दण्डहिनता र गंम्भिर मानवअधिकार उल्लघंन विरुद्ध स्थापित अन्तराष्ट्रिय मान्यता र सिद्धान्तका साथै सर्वोच्च अदालतले दिएका आदेशहरुको आधारमा पीडितमैत्री सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग तत्काल गठन गर्न मानवअधिकार राष्ट्रिय महाभेलाले माग गरेको छ ।1909292_814866698559689_8727431341932285609_o

दिवसका अवसरमा भएको महाभेला समापन कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले मानबअधिकारवादीले चाहे सरकार ढल्ने बताए । गौतमले मानबअधिकारको बिरोध गरे सरकार टिक्न नसक्ने बताए । गौतमले बिगतका सरकार र सासन व्यबस्था मानबअधिकारको सम्मान गर्न नसकेकै कारण अन्त्य भएको दावी समेत गरे । गृहमन्त्री गौतमले मानब अधिकारको सम्मानका लागि सरकारका हरेक निकायमा मानबअधिकार हेर्ने संयन्त्रको व्यबस्था गरिएको जानाकारी दिए । समापन कार्यक्रममा सहभागीहरुले ३६५ दिनै मानबअधिकारका बिषयमा आवाज उठाउन आग्रह गरे ।

महिला माथि हुने सबै प्रकारका भेदभाव तथा हिंसाको अन्त्य गर्ने संबैधानिक व्यबस्था गर्न महाभेलाले माग गरेको छ । यस्तै संबिधानका प्राबधानसंग बाझिने सबै बिभेदकारी कानुन तत्काल संसोधन पनि महाभेलाले माग गरेको छ । सुचनाको हकको सम्मान गर्दै स्वतन्त्र सन्चारमाध्यम र नागरिकको सुचनामा पहुचको सुनिश्चितताका लागि महाभेलाले आग्रह गरेको छ । महाभेलाले जारी गरेको घोषणा पत्रमा समलिंगी तेस्रोलिंगीले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीलाई सम्मान पूर्वक बाच्न दिनुपर्ने बुँदा राख्न सुझाव दिएका थिए ।

यस्तै नयाँ बन्ने संविधानमा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको हक अधिकार सुनिश्चित गर्न, देवानी र फौजदारी संहिता लगायतका अन्य कानुनमा रहेका यस समूदाय माथि हुने विभेदकारी व्यवस्था खारेज गर्न माग गर्ने बुँदा घोषणापत्रमा समावेश गर्न भनेका थिए । घोषणापत्रमा समलिंगी तेस्रोलिंगीले पहिचान अनुसारको नागरिकता लगायतका परिचयपत्र सहज रुपमा उपलव्ध गराउने वातावरण बनाउन, राज्यका नीति निर्माण तहमा समावेशी सिद्धान्त अनुसार समलिंगी तेस्रोलिंगीको पनि पहुँच सुनिश्चित गर्न, समलिंगी विवाह सम्वन्धी कानुनी व्यवस्था यथाशक्य छिटो निर्माण गर्नुपर्ने बुँदा राख्न राष्ट्रिय महाभेला आयोजक समितिलाई आग्रह गरेको नील हिरा समाजको नर्वेजियन परियोजनाका क्षेत्रिय कार्यक्रम संयोजक भक्ती शाहले वताए ।

यस्तै समलिंगी तेस्रोलिंगी माथि घर, परिवार, समाज र राज्यबाट हुने र हुन सक्ने हरेक किसिमका विभेद, दुरव्यवहार र हिंसा तत्काल अन्त्य गर्न र शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सामाजिक सुरक्षाको प्रत्याभूति गर्नु पर्ने बुँदा पनि राख्न समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले सुझाव दिएको थियो । सबै बुँदा नपरेपनि समग्र रुपमा आफूहरुको अधिकारबारे घोषणापत्रमा उल्लेख हुनु खुशीकै कुरा भएको क्षेत्रिय संयोजक शाहले वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading