पहिचान नलुकाउन समलिंगी तेस्रोलिंगीलाई चिकित्सकको आग्रह

पहिचान नलुकाउन समलिंगी तेस्रोलिंगीलाई चिकित्सकको आग्रह

काठमाडौं (पहिचान) पुष १६ – समलिंगी तेस्रोलिंगीलाई आँट गरेर आफ्नो पहिचान भन्न चिकित्सकले आग्रह गरेका छन् । चिकित्सकले खुलेर आफ्नो पहिचान भने मात्रै उपचार गर्न आफूहरुलाई सजिलो हुने वताए । उपचार गर्न आउँदा नील हिरा समाजका व्यक्ति लिएर आउँछन्, आफ्नो उपचारका लागि आफ्नो पहिचान पनि अरुले नै भनिदिनुपर्ने ? वीर अस्पतालको एआरटी सेवा केन्द्रका डाक्टर सुशिल शाक्यले भने, अधिकार मात्रै माग्ने होइन, आफ्नो पहिचान पनि आँट गरेर भन्नुपर्छ ।

उनले तेस्रोलिंगीको उपचार गर्न तेस्रोलिंगीनै डाक्टर हुनुपर्छ भन्ने माग राख्न नहुने वताए । डाक्टरले कुनै एक समूदायका व्यक्तिलाई मात्रै उपचार सेवा दिने भन्ने हुँदैन शाक्यले भने, चिकित्सकले सबै समूदायका व्यक्तिलाई सहज उपचार सेवा प्रदान गर्नुपर्छ । नील हिरा समाजको दिवा परियोजनाले स्वास्थ्य मन्त्रालयमा गरेको कार्यक्रममा डाक्टर शाक्यले आफ्नै परिवारमा समलिंगी तेस्रोलिंगी भएपनि नभने सम्म थाहा नहुने वताए ।IMG_20141231_121711200

वीर अस्पतालमा तेस्रोलिंगी व्यक्ति उपचार गर्न पुगे अरु विभागका चिकित्सकले आफू तिर पठाईदिने गरेको शाक्यको भनाई छ । राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रका शम्भु काफ्लेले एचआइभी संक्रमण सय जनामा २५ जना समलिंगी तेस्रोलिंगी समूदायका व्यक्तिमा रहेको पाइएको जानकारी दिए । उनले अहिलेकै अवस्था कायम रहे सन् २०२० मा कुल एचआइभी संक्रमित मध्ये आधा समलिंगी तेस्रोलिंगी हुने अनुमान रहेको वताए ।

काफ्लेले एचआइभी संक्रमण हुन नदिन अहिलेको भन्दा धेरै काम गर्नु पर्ने वताए । कार्यक्रममा सेभेन सिटिज् स्क्यानिङका श्रोत व्यक्ति महेश शर्माले समलिंगी तेस्रोलिंगीमा एचआइभी संक्रमण उच्च रहेकाले सेवामा पहुँच बढाउनु पर्ने वताए । नेपाल रेडक्रस सोसाइटीको लैगिंक तथा समावेशी महाशाखाकी प्रमूख तारा भट्टराईले समलिंगी तेस्रोलिंगीलाई खुलेर अधिकार माग्न सुझाव दिइन । ललितपुर उपमहानगरपालिकाको समाज कल्याण महाशाखाका प्रमूख अशोक श्रेष्ठले समलिंगी तेस्रोलिंगीको बिषयमा जनचेतना जगाउनु पर्नेमा जोड दिए ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले सबैको साथ र सहयोगकै कारण आफूहरुको अधिकार प्राप्तिको अभियान चलिरहेको वताइन । उनले समान व्यवहार र समान अधिकारका लागि सबैको सहयोग पाइरहने विश्वास व्यक्त गरिन् । समाजका प्रमूख कार्यक्रम संयोजक परसुराम राईले पहिले भन्दा अहिले विभेद केही कम भएपनि अन्त्य हुन नसकेको वताए । समाजको दिवा परियोजनाका सहायक निर्देशक संजय शर्माले अधिकार प्राप्तिको अभियान आफूहरुको प्रयासबाट मात्रै सम्भव नहुने भएकाले सबैको सहयोग आवश्यक रहेको वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading