पहिचान खुलाएर अगाडि बढ्न आव्हान

पहिचान खुलाएर अगाडि बढ्न आव्हान

इन्दिरा न्यौपाने /हेटौडा (पहिचान) पुष २२ -समलिंगी तेस्रोलिंगी प्रति समाजले हेर्ने संकोचको दृष्टि बिस्तारै कम हुदै गएको छ । सामाजिक विभेदमा धेरै कम भैसकेको छ भने समलिंगी तेस्रोलिंगी व्यक्तिहरु पनि आफ्नो पहिचान खुलाउन थालिसकेका छन् । गत बिहिबार हेटौडाको आँखा अस्पतालमा आँखा जचाउन गएका दूई व्यक्तिहरुले आफ्नो लिंग अन्य उल्लेख गरि नाम दर्ता गराए ।
लिंगमा अन्य उल्लेख गर्नेमा कमलडाँडा .४ बस्ने सुरज किरण र वर्षा मगर रहेका छन् । आफ्नो पहिचान खुलाएर अगाडि बढ्दा धेरै क्षेत्रका व्यक्तिहरुले बुझ्ने र लुकेर बसेका समलिंगी तेस्रोलिंगी पनि खुलेर आउन टेवा पुग्ने उनीहरुको भनाई छ । DSC08047
बिहिबार नाम दर्ता गराई सोमबार आँखा जाच गराएका उनीहरुले उपचारको क्रममा पनि कुनै विभेद नभएको भन्दै आफ्नो पहिचान खुलाएर अगि बढ्न सबैलाई आव्हान गरेका छन् । समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले विगत १४ बर्षदेखि यो समूदायले आफ्नो पहिचान अनुसार बाच्न पाउनु पर्ने माग गर्दै आएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading