तेस्रोलिंगीलाई अदालत प्रवेशमा रोक

तेस्रोलिंगीलाई अदालत प्रवेशमा रोक

काठमाडौं (पहिचान) फागुन ८ – जिल्ला अदालत काठमाडौंले तेस्रोलिंगीलाई अदालत परिसर प्रवेशमा रोक लगाएको छ । समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ र कार्यवाहक निर्देशक मनिषा ढकाललाई अदालतले प्रवेशमा रोक लगाएको हो । एक जना तस्रोलिंगी व्यक्तिको कुटपिट सम्बन्धि मुद्धाको सुनुवाईमा गएका अध्यक्ष गुरुङ र कार्यबाहक निर्देशक ढकाललाई अदालतको प्रवेशद्धारमा सुरक्षाकर्मीले रोकेका हुन् ।

तपाईहरु किन जानु पर्र्यो, हामीलाई नपठाउनु भन्ने आदेश छ भन्दै सुरक्षाकर्मीले प्रवेश गर्न नदिएका समाजकी अध्यक्ष गुरुङले जानकारी दिइन । न्याय दिने निकायमा अन्याय भयो, गुरुङले भनिन तेस्रोलिंगीलाई अदालत प्रवेश नदिनु अन्याय हो । उनले आफूहरुलाई पहिलो पटक अदालत प्रवेशमा रोक लगाइएको भन्दै तत्काल जवाफ दिन माग गरिन् ।

जिल्ला अदालतमा पुगेका अधिवक्ता सुजन पन्तले तेस्रोलिंगीलाई अपमान हुने गरी प्रवेशमा रोक लगाईनु मानवअधिकार विपरितको काम भएको वताए । यसबिषयमा जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार श्री प्रसाद संजेलले मुद्धा विशेष व्यक्ति बाहेक अरुलाई प्रवेश गर्न रोक लगाइएको भन्दै आफ्नो बचाउ गरे । पहिचान अनलाइनसँग कुरागर्दै संजेलले अदालतमा भिडभाड हुन्छ भनेर सुरक्षाकर्मीले रोकेको हुन सक्ने वताए ।

तेस्रोलिंगी आफू सम्बन्धित मुद्धामा आउन पाउनुहुन्छ संजेलले भने, अहिले महिले मुलद्धारमा रहेका सुरक्षाकर्मीसँग कुरा गरिसके अब रोकावट हुँदैन । महिला र पुरुषलाई सहज रुपमा प्रवेश दिने अदालतले आफूहरु तेस्रोलिंगी भएकाले हेपेर प्रवेशमा रोक लगाएको अध्यक्ष गुरुङले वताइन । नील हिरा समाजले घर परिवार समाज र राज्यबाट अधिकारविहिन बनाइएका लाखौ समलिंगी तेस्रोलिंगीको मानवअधिकार, कानुनी अधिकार, शिक्षा, स्वास्थ्य, रोजगार, वृत्तिविकास लगायतका सबै बिषयमा काम गर्दै आएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading