तेस्रोलिंगीलाई चलचित्रमा हाँस्य पात्रको रुपमा मात्र प्रस्तुत नगरौं : आचार्य

तेस्रोलिंगीलाई चलचित्रमा हाँस्य पात्रको रुपमा मात्र प्रस्तुत नगरौं : आचार्य

काठमाडौं (पहिचान) फागुन १५-चलचित्र निर्देशक विकास आचार्यले समलिंगी तेस्रोलिंगीलाई चलचित्रमा हाँस्य पात्रको रुपमा प्रस्तुत गर्न नहुने बताएका छन् । महिला पुरुष सरह यौनिक तथा लैगिक अल्पसंख्यकको पनि समान अधिकार रहेको भन्दै आचार्यले चलचित्रकर्मीमा समलिंगी तेस्रोसलंगी पनि महिला पुरुष सरह समान अस्तित्व भएको ब्यक्ति हुन् भनेर बुझ्न नसक्दा चलचित्रमा यौनिक तथा लैगिक अल्पसंख्यकलाई हाँस्यपात्रको रुपमा चित्रित गर्ने गरिएको बाताए ।

नाई नभन्नु ल एक र दुईका निर्माता तथा निर्देशक समेत रहेका आचार्यले आफ्ना कुनै पनि चलचित्रमा समलिंगी तेस्रोलिंगीलाई हाँस्यपात्र नबनाएको भन्दै चैत्र २७ गतेदेखी प्रदर्शनमा हुन लागेको नाई नभन्नु ल तीनमा पनि त्यस्ता कुनै दृश्य नराखिएको स्पष्ट पारे ।

‘आम सञ्चारका माध्यम मध्य सबै भन्दा धेरै सेन्सर हुने चलचित्र नै हो । तर, यसमा यही देशका नागरिक समलिंगी तेस्रोलिंगीलाई मानव नै होइन भन्ने जसरी प्रस्तुत गरिएका दृश्य समेत सेन्सर बोर्डले काट्दैन । यसमा चलचित्रकर्मी सँगै सेन्सरमा रहेको ब्यक्तिको पनि दोष हो । नेपालको कला, संस्कृति तथा आम परिवेश बुझ्न सक्ने ब्यक्ति नहुँदा यस्तो समस्या आइरहेको छ ।’ आचार्यले भने ।

चलचित्र काथाकार समेत रहेका आचार्यले विस्तारै समाजले समलिंगी तेस्रोलिंगीबारे बुझ्न थालेको भन्दै पछिल्लो समय सुनगाभा जस्ता चलचित्र पनि बन्न थालेको भन्दै बिस्तारै समाजले समलिंगी तेस्रोसलिंगीलाई स्वीकार्न थालेको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.