कलाकार, स्टेज पफर्मेन्स र समलिंगी तेस्रोलिंगी

कलाकार, स्टेज पफर्मेन्स र समलिंगी तेस्रोलिंगी

काठमाडौं,(पहिचान) चैत १९- गायीका मेलिना राईले यौनिक तथा लैगिक अल्पसंख्यकको अधिकारका लागि समाजका सबै पक्षले आवाज उठाउनु पर्ने बताएकी छिन् । समान अधिकार सबैको नैसर्गीक भएको भन्दै कोही पनि अधिकारबाट बञ्चित हुनु पर्ने अवस्था आउनु दुःखद भएको उनले बताइन् ।

समलिंगी तेस्रोलिंगीलाई बुझ्न नसक्नु समाजको कमजोरी रहेको भन्दै राईले समलिंगी तेस्रोलिंगीलाई समान नजरले हेर्नु पर्नेमा जोड दिइन् । समाजमा महिला पुरुष सरह सबैको समान अधिकार रहेको भन्दै गायीका राईले समलिंगी तेस्रोलिंगीले पनि समान अधिकारका लागि आफ्नो आवाजलाई एकीकृत गरेर अगि बढ्नु पर्ने धारणा राखिन् । समाजका सबै पक्षले समलिंगी तेस्रोलिंगीको अधिकारको लागि नील हिरा समाजले चलाउदै आएको अभियानमा सहयोग गर्नु पर्ने बताउदै उनले सांगीतिक क्षेत्रले पनि सक्दो सहयोग गर्नु पर्ने बताइन् ।

समाजमा महिला पुरुष सरह समान नजरले समलिंगी तेस्रोलिंगीलाई ब्यबहार गर्नु पर्ने उनले बताईन् । कलाकारहरुले स्टेज पफर्मेन्समा समलिंगी तेस्रोलिंगी बारे सकारात्मक कुरा गरे त्यसले समग्र समाजले नै यौनिक तथा लैगिक अल्पसंख्यकप्रति सकारात्मक दृष्टिकोण बनाउने गायीका राईले बताइन् । सेलिबे्रटीहरुलाई नील हिरा समाले आफ्नो अधिकारका लागि सहयोग गरिदिन आग्रह गर्नु पर्ने उनको बुझाई छ । पछिल्लो पुष्ताले भने समलिंगी तेस्रोलिंगी र उनीहरुको ब्यबाहारलाई स्वीकार्न थालेको भन्दै यो सकारात्मक पक्ष भएको राईले बताइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading