तेस्रोलिंगी माथि कुटपीट गर्ने व्यक्तिलाई कारवाही गर्ने प्रहरीको प्रतिवद्धता

तेस्रोलिंगी माथि कुटपीट गर्ने व्यक्तिलाई कारवाही गर्ने प्रहरीको प्रतिवद्धता

काठमाडौं(पहिचान) चैत्र २० – तेस्रोलिंगी जेनिसा गुरुङलाई कुटपीट गर्ने व्यक्तिको खोजी शुरु भएको महानगरिय प्रहरी बृत्त जनसेवा न्यूरोड काठमाडौंले जनाएको छ । चैत्र १७ गते राती अपरिचित व्यक्तिको इट्टा प्रहारबाट तेस्रोलिंगी गुरुङको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा ११ वटा टाँका लगाइएको छ ।

प्रहरीकै सहयोगको घाइते जेनिसाको बीर अस्पतालमा उपचार भएको प्रहरी बृत्त जनसेवामा जेनिसाले दिएको उजुरीमा लेखिएको छ । तेस्रोलिंगी जेनिसालाई कुटपीट गर्ने व्यक्तिले जेनिसाको मोवाइस सेट समेत चोरेको उजुरी परेको छ । सम्पत्ती लुट्ने हिसावले कोठामा आएको रहेछ, दराजको साचो नदिएपछि मोवाइल खोस्यो जेनिसाले भनिन्, गुहार गुहार भनेपछि उ झ्यालबाट हामफालेर भाग्यो । आफूहरुलाई तेस्रोलिंगी भनेर नचिन्नेहरुले अहिले चिन्न थालेको र केही केहीले छक्का हिजडा जस्ता मानवअधिकार विरोधी लाञ्छना लगाउने गरेको जेनिसाले वताइन् ।

काठमाडौंको असनमा डेरा गरेर बसेका जेनिसा सहितका ४ जना तेस्रोलिंगी चैत्र १७ गतेपछि डेरामा जान नसकेको गुनासो पछि जनसेवाको प्रहरी टोलीले डेरामा पुर्याइदिएको छ । समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजका प्रतिनिधि र जेनिसा सहितका ४ जना तेस्रोलिंगी बस्ने डेरामा पुगेका प्रहरीले घटनाको बिबरण संकलन गरेका छन् ।

प्रहरीकै उपस्थितिमा समलिंगी तेस्रोलिंगी र स्थानीय टोलबासीबीच एक अर्कालाई सारोगारो पर्दा सहयोग गर्ने, एकले अर्कोलाई असर पर्ने कुनै पनि क्रियाकलाप नगर्ने र लाञ्छना तथा भेदभाव हुने शब्द एकले अर्कोलाई प्रयोग नगर्ने मौखिक सहमति भएको नील हिरा समाजका मानवअधिकार प्रमूख एवं प्रमूख कार्यक्रम संयोजक परसु राम राईले जानकारी दिए । असनका एक जना स्थानीयले टोलामा बस्न आए पक्रेर थुनाउने धम्की दिएको भन्दै समलिंगी तेस्रोलिंगीले सुरक्षा माग गरेका थिए ।

ति स्थानीयले आफूले त्यस्तो केही नभनेको बरु जेनिसालाई कुटपीट गर्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरीलाई खवर गरेको वताएका थिए । प्रहरी बृत्त जनसेवाका प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले समलिंगी तेस्रोलिंगीलाई स्वतन्त्र पूर्वक हिडडुल गर्न र बस्न पाउने अधिकार भएको वताए । बस्नेतले तेस्रोलिंगी हुँदैमा डेरा गरी बस्न नपाउने भन्ने कानुनमा नभएको स्पष्ट पारे । उनले जेनिसालाई कुटपीट गर्ने व्यक्तिलाई खोजतलास गरी पक्रेर कानुनी कारवाही गर्ने वताए ।

अरुलाई असर पर्ने काम गर्नु भएन प्रहरी निरीक्षक बस्नेतले भने, तेस्रोलिंगीलाई कुटपीट गर्ने, बस्न नदिने र हिडडुल गर्न नदिने छुट कसैसँग छैन । उनले समलिंगी तेस्रोलिंगीले पनि कानुनको पालना गर्नु पर्ने वताए । चैत्र ६ गते पक्राउ परेका तेस्रोलिंगी साथी शिक्षक अनिल शेर्पालाई कुटपीट गर्ने डनको रुपमा चिनिएका मोहिनी भनिने दिलिप राई अहिले हिरासतमा छन् । समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजले कानुनको उल्लघंन गर्ने जो कसैको पनि संरक्षण नगर्ने समाजकी अध्यक्ष पिंकी गुरुङले संस्था स्थापनादेखिनै बताउँदै आएका अधिवक्ता एवं समाजका कानुनी सल्लाहकार सुजन पन्तले जानकारी दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading