लिंगको महलमा अन्य उल्लेख भएको राहदानी छिट्टै वितरण हुने

लिंगको महलमा अन्य उल्लेख भएको राहदानी छिट्टै वितरण हुने

काठमाडौं (पहिचान) चैत्र २७ – सरकारले छिटो भन्दा छिटो समलिंगी तेस्रोलिंगीलाई ओ उल्लेख गरेर राहदानी वितरण गर्ने वताएको छ । राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले नीति गत एवं कानुनी सबै निर्णय पूरा भइसकेकाले अब छिट्टै लिंगको महलमा ओ उल्लेख गरेर राहदानी वितरण हुने वताए ।

पूर्व सभासद् समेत रहेका समलिंगी तेस्रोलिंगी समूदायको अधिकार प्राप्तिका अभियन्ता सुनिलबाबु पन्तसँगको भेटमा महानिर्देशक थापाले राहदानी छपाईको जिम्मा लिएको कम्पनीको प्राविधिक समस्याका कारण ओ उल्लेख गरेर राहदानी वितरण गर्न ढिलाई भएको उल्लेख गरे ।

सरकार समलिंगी तेस्रोलिंगीलाई नागरिकतामा उल्लेख भएको पहिचानका आधारमा ओ अर्थात अन्य उल्लेख गरेर राहदानी दिने तयारीमा छ थापाले भने, ढुक्क हुनुहोस अर्दस उल्लेख भएको राहदानी छिटो भन्दा छिटो पाउनुहुन्छ । अधिकार प्राप्तिका अभियन्ता पन्तले सर्वोच्च अदालतले सन् २००७ मा गरेको फैसला अहिलेसम्म कार्यान्वयन नभएकोमा दुख लागेको वताए । पोहोर मात्रै फैसला भएको भारतमा कार्यान्वयन भइरहेको छ पन्तले भने, नेपालमा ढिलासुस्ती किन हुन्छ ?

पन्तले ओ अर्थात अन्य उल्लेख गरेर राहदानी पाउनेमा भारत भन्दा नेपाल अगाडि हुनुपर्नेमा जोड दिए । बंगलादेशमा समेत तेस्रोलिंगीले कानुनी मान्यता पाइसकेका छन् पन्तले भने, अन्य उल्लेख गरेर राहदानी वितरण गर्नेमा नेपाल दक्षिण एसियामै पहिलो हुनु परर्यो । जवाफमा महानिर्देशक थापाले सफ्टवेयर मिलाउनु पर्ने भएकाले राहदानी छापाईको जिम्मा पाएको कम्पनीले ढिलाई भइरहेको जानकारी गराइरहेको र यसबारे फेरी पनि कम्पनीको ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading