विवाह दर्ताको कानुन माग्दै ‘प्राइड परेड’

विवाह दर्ताको कानुन माग्दै ‘प्राइड परेड’

काठमाडौँ : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले अङ्ग्रेजी प्राइड मन्थलाई उत्सवको रूपमा मनाइरहेका छन्।

अङ्ग्रेजी जुलाई महिना विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक प्राइड मन्थ मनाउन व्यस्त हुने गर्छन्। गाईजात्रा पर्वलाई उत्सव मनाउँदै आएको नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले पछिल्लो पाँच वर्षदेखि प्राइड मन्थ पनि मनाउन थालेका छन्।

विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले मनाउने प्राइड मन्थको अवसरमा नेपालमा रहेको अमेरिकी दूतावासले सुनिलबाबु पन्तद्वारा निर्मित नीलो फूल प्रदर्शन गरेको छ। पन्त नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचान र अधिकारका लागि सन् २००१ मा स्थापना भएको नील हिरा समाजका संस्थापक हुन्।

प्राइड मन्थका अवसरमा अमेरिकी दूतावासले संविधान सभाका एक मात्र समलिङ्गी सभासद् पन्तद्वारा निर्मित बलजफती विवाह सम्बन्धी लघु चलचित्र नीलो फूल प्रदर्शन गराएको हो। अङ्ग्रेजी जुन महिला सुरुवात देखि अन्तिम सम्म नै नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले सडकमा निस्केर प्राइड परेड गर्नेछन्।

ललितपुरको कुपन्डोलमा सोमबार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले सडकमा निस्केर प्राइड मन्थ मनाए। आफ्नो पहिचान देखाउने तथा आफ्नो समुदायले प्राप्त गरेका उपलब्धिप्रति गर्व गर्ने महिनाका रूपमा प्राइड परेड मनाउन थालिएको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू बताउँछन्। विश्वभरिका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिक र उनीहरूका सहयात्रीले जुन महिनालाई प्राइड मन्थका रूपमा मनाउने गरेका छन्।

सन् १९६९ को जुन महिनामा अमेरिकाको न्यूयोर्क राज्यस्थित स्टोनवालमा समलिङ्गी पुरुषहरू र प्रहरीबिच झडप हुँदा दङ्गा भड्किएको थियो। बीबीसीका अनुसार सन् १९६९ जुन २८ मा ’स्टोनवाल इन’ नामक एउटा बारमा प्रहरीले छापा मारेको थियो। उक्त बार न्यूयोर्कका समलिङ्गी पुरुषहरूको बसोबास क्षेत्रमा रहेको थियो।

नागरिकता कानुन : तोकिएको लैङ्गिक पहिचान कार्यान्वयन कसरी?

प्रहरीले करिब २०० मानिसलाई सडकमा निकालेर कुटेको थियो। त्यसले समलिङ्गी समुदायलाई आक्रोशित बनायो र उनीहरू पनि प्रहरीमाथि जाइलागे। उक्त घटनापछि त्यहाँ साताभरि प्रदर्शन भए र त्यो समाचार सबैतिर फैलियो। त्यसपछि अधिकारवादी समूहहरू पनि प्रदर्शनमा मिसिन पुगे र त्यसको एक महिनापछि न्यूयोर्कमा समलिङ्गीहरूले समानताको माग गर्दै खुला रूपमा पहिलो जुलुस निकाले।

जुन महिनामा उक्त घटना भएको र त्यसपछि समलिङ्गीलगायत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारका लागि अभियानहरू सुरु भएकाले जुन महिनालाई प्राइड मन्थका रूपमा छानिएको बीबीसीले जनाएको छ।

कोही व्यक्ति शारीरिक रूपमा पुरुषका रूपमा जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाको रूपमा मान्छ भने त्यस्ता व्यक्ति परेडमा महिला बनेर आउँछन्। यस्तै शारीरिक रूपमा महिलाका रूपमा जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई पुरुषको रूपमा मान्नेहरू परेडमा पुरुष बनेर आउने गरेका छन्।


यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपाल र परिचय समाजले सोमबार सडकमा निस्केर प्राइड परेड मनाए। समाजका कार्यकारी अधिकृत मनोरञ्जनकुमार वैद्य ललितपुरमा भने पहिलो पटक प्राइड परेड मनाएको बताउँछन्। ‘संयुक्त रूपमा हरेक वर्ष गाईजात्राको दिनलाई उत्सवको रूपमा मनाउँदै आएका छौँ,’वैद्यले भने,‘ललितपुरमा प्राइड परेड मनाएको भने यो पहिलो पटक हो।’

आफ्नो यौनिकतालाई खुलेर मनाउने अवसरका रूपमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू सोमबार सडकमा निस्केर परेडमा सहभागी भए। उनीहरूले विवाहको अधिकार माग गरे। ‘खुल्ला रूपमा स्वतन्त्र हुन चाहन्छौँ,’परेडमा सहभागी समलिङ्गी जोडीले भने,‘विवाह दर्ता हुने कानुन तत्काल लागू गरियोस्।’

सन् २०१९ को प्राइड मन्थ मनाइएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई विभेद गर्ने कानुनहरूमा संशोधन गर्न सर्वोच्च अदालतले २०६४ पुस ६ गते सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो। तर, सर्वोच्चको आदेश र संविधान विपरीत मुलुकी देवानी संहिता २०७४ मा विभेदकारी व्यवस्था राखिएको भन्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले फेरी सर्वोच्च अदालतको ढोका ढकढक्याएका छन्।

मितिनी नेपालले समलिङ्गी विवाह विपरीतका कानुन खारेज गर्न र विवाहको कानुन निर्माण गर्ने आदेश माग्दै सर्वोच्चमा रिट दायर गरेको छ भने नील हिरा समाजले तत्काल विवाह दर्ता गर्न पाउनु पर्ने आदेश माग्दै सर्वोच्चमै अर्को रिट दायर गरेको छ।

कर्णालीमा पहिलो पटक

कर्णाली प्रदेशमा पनि पहिलो पटक ‘प्राइड मन्थ’ मा सचेतनामूलक कार्यक्रम भएको छ। दैलेखको गुराँस गाउँपालिकाका बालबालिकाहरूले विद्यालय र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्।

गुराँस गाउँपालिका–४ स्थित लक्ष्मी बालक्लबले लिङ्गका आधारमा विभेद गर्नुहुँदैन भन्ने सन्देश दिँदै विद्यालयमा नाटक प्रदर्शन गरेको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारबारे जानकारी दिँदै यो समुदायका बालबालिकाहरूमाथि हुने हिंसा, भेदभाव तथा दुर्व्यवहार अन्त्य गर्न विद्यालय र समुदायस्तमा सचेतनामूलक कार्यक्रम गरिएको बाल क्लबका अध्यक्ष देवीसरा मल्लले बताइन्।

गाउँपालिकाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई मासिक भत्ता नै थालेको छ। गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकाभित्र रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको संरक्षण र सामाजिक सुरक्षाका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भनेको थियो।

सम्बन्धित समाचार

समलिङ्गी विवाह सम्बन्धी सरकारको गोप्य अवधारणा, कानुनले फिर्ता पठाएपछि अर्को बनाउने तयारी

सर्वोच्चको ऐतिहासिक फैसला, समलिङ्गी विवाहलाई मान्यता दिनु (आदेशको पूर्णपाठ र भिडियो )

छोरो ‘गे’ हुँदा भोजराज पोखरेललाई यस्तो, आम परिवारको अवस्था कस्तो?

“नेपाली महिलासँग विवाह गरेकी अमेरिकी महिलालाई भिसा दिनु” (केही समय अघि सुमन पन्तसँग गरिएको कुराकानी र सर्बोच्च अदालतको आदेश समेत संलग्न छ)

हाईप्रोफाइल परिवारमा समलिङ्गी विवाह, गैरपर्यटक भिसाको आदेश कुर्दै जोडी

लिङ्ग पहिचान गरेर पतन गराउन सांसद नै उक्साउँछन्, कसरी हुन्छ कानुन कार्यान्वयन?

समलिंगी जोडीलाई भिषा नदिए सर्वोच्च जाने सुमनको चेतावनी

नीलो फूल : अवस्था बदल्न व्यवस्था परिवर्तन

रोजेको मान्छेसँग विवाह गर्न नपाउँदा…

तेस्रोलिंगी पहिचान : संविधानले स्वीका-यो, संहिताले चिनेन

छापामार शैलीमा मतदाता भेट्छु : शरिन तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी

नीलो फूल र सकम्बरीले गरे पितृसत्तात्मक सोचको भण्डाफोर

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading