गठबन्धन जोगाउन बजेट संशोधनको तयारी

गठबन्धन जोगाउन बजेट संशोधनको तयारी

काठमाडौं : सरकारले सत्ता गठबन्धन जोगाउन बजेट संशोधन गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकमा बजेट संशोधनबारे छलफल भएको छ।

संसद् र संसद् बाहिर पनि सत्तारुढ दलहरूले बजेटको विरोध गरेपछि सरकार विवादित बुँदा संशोधन गर्न राजी भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेटमा विवाद नगर्न गठबन्धन दललाई आग्रह गर्दै संशोधन गर्न सकिने बचन दिएका छन्।

सत्ता गठबन्धन दलको बैठक राखेर प्रधानमन्त्री प्रचण्डले केही विषय आवश्यकता अनुसार मिलाएर जान सकिने भन्दै बजेट संशोधन गर्न सकिने बचन दिएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बजेट सदनमा प्रस्तुत भइसकेको अवस्थामा केही विषय आवश्यकता अनुसार मिलाएर जान सकिने बताउनुभएको उनको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको आश्वासन पछि गठबन्धन दलका नेताहरूले बजेटलगायतका विषयमा एकमत भएर जाने सहमति गरेका प्रधानमन्त्रीको सचिवालयले दाबी गरेको छ।

विवादमा बजेट : सरकार र निर्वाचन आयोगबीच वार

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले बजेटका केही बुँदामा असहमति जनाएका छन्। सत्तारुढ काँग्रेसकै सांसदले पनि बजेटमा असन्तुष्टि जनाएका छन्।

सत्तारुढ दलबाटै बजेटमा विरोध भएपछि मन्त्रीपरिषद् बैठकमा छलफल भएको कानुन मन्त्री धनराज गुरुङले जानकारी दिए। बैठकमा संसद्मा र संसद् बाहिर पनि सत्तारुढ दलहरूले नै विरोध गरेको विषयमा छलफल भएको उनले बताए।

मन्त्री धनराज गुरुङले बजेट संशोधन गर्ने विषयमा निर्णय भने नभएको सुनाए। उनले भने,‘अर्को दिन यसै विषयमा मात्रै छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्नेछ।’

मन्त्रिपरिषद् बैठकले श्रम अदालत सम्बन्धी नियमावली लगायत केही नियमावली पास गरेको मन्त्री गुरुङले जानकारी दिए। एनसेल कर विवादमा अन्तर्राष्ट्रिय अदालतमा वकालत गर्ने वकिलहरूलाई मन्त्रिपरिषद् बैठकले धन्यवाद पनि दिएको गुरुङले बताए।

सम्बन्धित समाचार

बजेटले सत्ता गठबन्धनमा खटपट, खर्च कटौतीको सूचना दिन ४८ घण्टा

बजेट निर्माणमा अनधिकृत व्यक्ती संलग्न भएको विषय सामसुम

सांसदलाई करोड : प्रत्यक्षले पाउने, समानुपातिक रुष्ट

बजेटमा अर्बपति चौधरीको टिप्पणी : निजी क्षेत्र उत्साहित हुन सकेन

बजेट १७ खर्ब ५१ अर्बको : ४ खर्ब ५२ अर्ब ७५ करोड ऋण खोज्नु पर्ने

अर्थमन्त्री महतले किन पढेनन् बजेटका ६ बुँदा?

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading