राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन

चेतनाको कमीका कारण नाबालिक समलिङ्गी महिला जोडीमाथि कुटपिट

चेतनाको कमीका कारण नाबालिक समलिङ्गी महिला जोडीमाथि कुटपिट

कैलाली : राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका नाबालिक समलिङ्गी महिला जोडीमाथि चेतनाको कमीका कारण कुटपिट भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

आयोगको धनगढी कार्यालयका प्रमुख हरि ज्ञवाली नेतृत्वको टोलीले गरेको लैङ्गिकता सम्बन्धी चेतनाको कमीका कारण कुटपिट भएको निष्कर्ष निकालेको हो।

आयोगले अनुगमन गरेर भागी विवाह गरेको आरोपमा कुटपिटमा परेका १७ र १६ वर्षका नाबालिकाको सुरक्षा र अध्ययनमा कुनै बाधा नपुर्‍याउन भनेको छ।

परिवार र आफन्त उनीहरूको सुरक्षा र अध्ययनमा कुनै बाधा नपुर्‍याउन सहमत भएका मानव अधिकार आयोग धनगढी कार्यालयका प्रमुख ज्ञवालीले जानकारी दिए।

आयोगको टोलीसँगको छलफलमा परिवारका सदस्यहरू सकारात्मक भएर प्रस्तुत भएको र नाबालिकालाई आआफ्नो घरमा राख्ने सहमति गरेको ज्ञवालीले जानकारी दिए। ‘उनीहरू परिवारसँगै बस्ने भन्ने कुरा भएको छ,नाबालक भएको हुनाले उमेर पुगेपछि कोसँग विवाह गर्ने, परिवार बनाउने उनीहरूको इच्छाको कुरा भयो,’उनले पहिचानसँग भने,‘अहिले उनीहरू आआफ्नो परिवारमा बस्ने, पढाई निरन्तर लैजाने भन्ने कुरा भएको छ।’

कुटपिटमा परेका किशाेरीले भने, जुनी-जुनीसम्म छुट्दैनौँ

उनीहरू दाजु भाउजूसँगै बस्दै आएका थिए। बाबाआमा श्रम गर्न भारतमा गएका छन्। प्रमुख ज्ञवालीले पारिवारिक चासो र चेतनाको कमीका कारण उनीहरूको विवाह रोक्नका लागि कुटपिट भएको देखिएको बताए। ‘अहिले आआफ्नो घरमा बस्ने र जबरजस्ती विवाह नगरिदिने एकखालको सहमति भएको छ,’उनले भने,‘स्कुलमा पनि हेडसरहरूसँग वातावरण अनुकूल बनाइदिने प्रतिबद्धता भएको छ।’

मोहन्याल गाउँपालिकाको वाड नं ६ मगरटोल सोल्टा शैक्षिक चेतनाको हिसाबले माथि नउठेको पाइएको उनले बताए। ‘त्यसमा पनि परिवारमा जेण्डर तेस्रो लिङ्गी भनिसकेपछि परिवारका मान्छे, समाजका मान्छेले स्वीकार गर्ने, सहज रूपमा एसेप्ट गर्ने वातावरण छैन,’उनले भने,‘तर पनि बालबालिका भएको हुनाले आफ्नो आफ्नो बालबालिकालाई पढाउने कुरा भएको छ,परिवारका मान्छे कोअपरेटिभ भएर आउनु भएको छ।’

आयोगसँगै गएको पश्चिम तारा नेपालको टोलीले समलिङ्गी तेस्रो लिङ्गीबारे परिवारका सदस्य, आफन्त लगायतका व्यक्तिहरूलाई बुझाएको प्रमुख ज्ञवालीले बताए।

परिवार र आफन्तको कुटपिटमा परेका नाबालिकालाई तत्काल उद्धार गरी सुरक्षित राख्न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले माग गरेका छन्।

पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले तत्काल सुरक्षा प्रदान गर्न राष्ट्रिय मानव अधिकार आयोग र नेपाल प्रहरीमा निवेदन दिएका थिए।

पहिचान अनलाइनले कुटपिटको घटनाको निरन्तर अपडेट दिँदै आएको थियो। राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले मिडियामा समाचार आएका कारण घटनाबारे थाहा पाएको बताए।

उनले भने,‘उहाँहरू (यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय)ले आयोगमा उजुरी दिएको समाचारमा पढ्न पायौँ,धनगढी कार्यालयबाट आजै अनुगमन भएको छ।’

केटीकेटी विवाह गर्ने जोडीलाई धम्की, सुरक्षा दिन माग

केटीकेटीले विवाह गरेको भन्दै कुटपिट, गाउँलेले गरे उद्धार

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading