महिनाको सय रुपैयाँ बचत गर्दै एकता बचत समूह

महिनाको सय रुपैयाँ बचत गर्दै एकता बचत समूह

  • बुधबार, बैशाख २५ २०७०

पहिचान/कैलाली, बैशाख २५- धनगढी नगरपालिकामा समलिङ्गी तेश्रोलिङ्गीको हक अधिकारबारे वकालत गर्दै आएको एकता नेपालले एकता बचत समूह गठन गरेको छ । समलिङ्गी तेश्रोलिङ्गीको आर्थिक समस्या समाधान गर्न स्थापना भएको एकता बचत समूहले सदस्यहरुबाट महिनाको एक सय रुपैयाँ बचत गरिरहेको छ । समूहले अहिले सम्म २५ हजार रुपैयाँ लगानी गरिसकेको छ । एकता नेपालको बचत समूहको कार्य समिति अध्यक्षमा ममता सिके, सचिवमा राज चौधरी, कोषाध्याक्षमा दुर्गा थापालाई चयन गरेको छ । एकता बचत समूहको कार्य समितिमा २१ जना सदस्या रहेका छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.