नेपाली तारामा समलिंगी तेस्रोलिंगीले प्रतिष्पर्धा गर्न पाउने

नेपाली तारामा समलिंगी तेस्रोलिंगीले प्रतिष्पर्धा गर्न पाउने

काठमाडौं (पहिचान) असोज २० -नेपाली ताराको संचालक संस्था नील वाराही फिल्म्सले सहभागीहरुलाई लैगिंक विभेद नगरेको दावी गरेको छ । उसले महिला र पुरुष मात्रै नभएर आफ्नो पहिचान अनुसार समलिंगी तेस्रोलिंगी पनि सहभागी हुन पाउने बताएको छ । नेपाली ताराको दोस्रो अडिसनमा सहभागी बवाल गिरीको आवाज महिलाको आएको भन्दै छनौट नगरेको बताएको छ । आफ्नो लैगिंक पहिचान पुरुष उल्लेख गर्ने तर महिलाको आवाज निकाल्ने बबाल गिरीलाई छनौट गर्न सकिएन निर्णायक मण्डलका संगितकार सुरेश अधिकारीले बताए । उनको लैगिंक पहिचान पुरुष हो अधिकारीले भने २४० हर्ज भन्दा माथिको रेञ्जमा टोन गए त्यो महिलाको आवाज मानिन्छ । अधिकारीले प्राकृतिक रुपमा रहेका समलिंगी तेस्रोलिंगीलाई महिला पुरुष समान व्यवहार गर्ने गरेको स्पष्ट पारे ।

Nepali tara 2समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तले पुरुष भएपनि प्राकृतिक रुपमै महिलाको आवाज आएको भनेर नेपाली तारामा बवाल गिरी छनौट नभएकोमा आपत्ती जनाए । उनलाई नेपाली ताराको अडिसन थ्रिको दोस्रो राउण्डमा गीत गाउँदा निर्णायक मण्डलले महिलाको आवाज आएको भन्दै अर्को चरणमा प्रवेश गर्न दिइएन । अधिकारकर्मी पन्तले आवाज भिन्न भएको आधारमा विभेद गर्नु मानवअधिकारको हनन भएको बताए । उनले आफ्नो प्रकृतिले दिएको आवाजमा बवाल गिरीले गाउँदा बहिष्कार हुनु पर्ने अवस्था दुखपूर्ण र यो घोर अन्याय भएको बताए । यसले समाजमा राम्रो सन्देश दिदैन, पन्तले भने नरम स्वभावका केटाहरु र अलिक निडर केटिहरुलाई ुअस्विकारु गर्ने पुरातनबादि परम्पराको निरन्तरता हो यो। म यो घटनाको घोर वोरोध गर्छु, सरकार र सरोकारवाला निकायले तुरुन्त छानविन गरी बवाल गिरिले न्याय पाउनु पर्ने माग गर्दछु र दोषिलाई कारवाहिको पनि ।

नेपाली ताराका निर्णायक मण्डलमा संगितकार सुरेश अधिकारीले भने समलिंगी तेस्रोलिंगी माथि आफूहरुले विभेद नगरेको बताए । पहिचान सहित खुलेर आउनु पर्छ उनले भने आफ्नो जुन पहिचान हो त्यहि पहिचानमा गाउन हामीले रोकेका छैनौ । नेपाली ताराका प्रवन्धक सुमन विष्टले समलिंगी तेस्रोलिंगी पनि महिला पुरुष सरह प्रतिष्पर्धा गर्न पाउने बताए । हामी सम्मान गर्छौ, खुलेर आफ्नो पहिचान सहित नेपाली तारामा सहभागी भएर गीत गाउन पाइन्छ विष्टले भने, सबैलाई चिन्न सकिदैन । उनले समलिंगी तेस्रोलिंगीलाई पनि नेपाली तरामा पहिचान खुलाएर सहभागी हुन आग्रह समेत गरे । बवाल गिरीले नेपाली तारामा पुरुष उल्लेख गरेको संचालक संस्था नील बाराही फिल्म्सले जनाएको छ ।

(फोटो ः नेपाली ताराको फेसवुक पेज )

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading