अधिकार प्राप्तिको अभियानमा दातृ निकायको सहयोग निरन्तर रहने विश्वास

अधिकार प्राप्तिको अभियानमा दातृ निकायको सहयोग निरन्तर रहने विश्वास

अम्बिका दाहाल/काठमाडौं (पहिचान) फागुन १५-समलिंगी तेस्रोलिंगीले अधिकार प्राप्तिको अभियानमा दातृ निकायको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका छन । उनीहरुले अधिकार प्राप्तिको अभियान शसक्त बनाउन र उपलब्धि हासिल गर्नका लागि दातृ निकायको सहयोग निरन्तर हुनुपर्ने बताए । यौनिक तथा लैगिंक अल्पसंख्यकको अधिकारका लागि तीन वर्ष नर्वेजियन दुताबासको सहयोगमा नील हिरा समाजले गरेको कामका विषयमा बिहीबार र शुक्रबार काठमाडौंमा भएको समिक्षात्मक कार्यक्रममा सहभागीहरुले सञ्चार माध्यमको भुमिका अधिकार प्राप्तीका लागि उल्लेख्य रहने बताए ।

उनीहरुले समलिंगी तेस्रोलिंगीको अधिकारका लागि सबै भन्दा महत्वपूर्ण भुमिका सञ्चार माध्यम र मानवअधिकारका क्षेत्रमा गरिने वकालतको रहने बताए । समिक्षात्मक कार्यक्रममा सहभागि समलिंगी तेस्रोलिंगीले यतिबेला आफुहरु गर या मरको अबस्थामा रहेको बताए । यो अबस्थामा सहयोग रोकिनु हुन्न उनीहरुले भने सहयोगले निरन्तरता पाउनुपर्छ । अहिले पनि सहज रुपमा पहिचान अनुसारको नागरिकता राहदानी पाउन नसकिएको भन्दै समलिंगी तेस्रोलिंगीले समलिंगी बिवाहलाई कानुनी मान्यता दिलाउनु चुनौतिपूर्ण रहेको बताए ।
दुताबास कै सहयोगमा भएको तीन वर्षे कार्यक्रमको सहयोगमा सञ्चार माध्यम (रेडियो कार्यक्रम पहिचान) र मानवअधिकारका लागि गरिएको वकालतले नै समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्त हुन थालेको तेस्रोलिंगी पुरुष सुमन तामाङ्गले बताए । तामाङ्गले महिला पुरुष सरह समान अधिकारसहितको समाज निर्माण गर्न दुताबासले सहयोगलाई निरन्तरता दिन आग्रह गरे ।
समलिंगी महिला इन्दिरा न्यौपानेले अधिकार प्राप्त भइनसकेको अवस्थामा कार्यक्रम फेजआउट हुन लागेको भन्दै कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिइन । उनले दुताबासको सहयोगले आफ्नो रोजगारी सँगै प्राप्त उपलब्धी पनि संस्थागत गर्न सहयोग पुग्ने बताइन । तेस्रोलिंगी परिना चौधरीले मानबअधिकारको क्षेत्रमा धेरै काम गर्न बाकी रहेको भन्दै सहयोगलाई निरन्तरता दिन आग्रह गरिन । तेस्रोलिंगी मनोज शाहि मोनिकाले दातृ निकायको सहयोग भए आफु सगरमाथाको आरोहण गर्ने बताइन । अनुषा भुजेलले समलिंगी तेस्रोलिंगीको अधिकारका लागि नील हिरा समाजको जारी अभियान आबश्यक रहेको भन्दै नर्वेजियन दुतावासले गर्दै आएको सहयोगलाई निरन्तरता दिनु पर्ने बताइन । photo 2
तेस्रोलिंगी विवेक सिंह, सुमित पौडेल, राज क्षेत्री लगायतका समलिंगी तेस्रोलिंगीले आफुहरुलाई बिच बाटोमा अलपत्र नपार्न दातृ निकायलाई आग्रह गरे । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ्गले समलिंगी तेस्रोलिंगीको मुद्धामा धेरै काम गर्न बाकी रहेकाले सहयोगले निरन्तरता पाउने बिश्वास व्यक्त गरिन । अध्यक्ष गुरुङ्गले दातृ निकायले सहयोग नगरे पनि आफनो समुदायको मुद्धालाई शसक्त बनाएर लैजान आग्रह गरिन । आफुहरु आफनो समुदायको अधिकारलाई संबैधानिक रुपमा कसरी स्थापित गर्ने भन्ने लडाई जारी रहेको अबस्थामा दातृ निकायले गर्दै आएको सहयोग नरोकिने अध्यक्ष गुरुङ्गको भनाइ छ ।

जसरी सुनिलबाबु पन्तले सुरुवात गर्नुभयो र जुन संघर्ष गरेर हामी यहासम्म आइपुग्यौ उनले भनिन, अझै पनि हामी आधी बाटोमा छौ, यो पुर्ण रुपमा स्थापित भइसकेको अबस्था छैन । अध्यक्ष गुरुङ्गले दातृ निकायले हात छोडयो भन्दैमा हरेस खाएर यो अभियानबाट खुटटा झिक्नु जाहेज नहुने बताइन । नील हिरा समाजकी कार्यबहाक निर्देशक मनिषा ढकालले अधिकार प्राप्तिको अभियानमा दातृ निकायको रहदै आएको सहयोगले निरन्तरता पाउने बिश्वास व्यक्त गरिन । समाजका प्रमुख कार्यक्रम संयोजक परसु राम राइले अधिकार प्राप्तिको अभियानलाई अझ बलियो बनाउन सबैको सहयोग आबश्यक रहेको बताए । अधिवक्ता प्रेम बहादुर थापाले मानबअधिकार, मिडिया, वकालत लगायतको क्षेत्रमा आइरहेको सहयोग रोकिने भन्ने सुन्दा दुख लागेको बताए ।

तेस्रोलिंगी सुशिला लामाले अहिले नै आफुहरुले हरेस नखाएको बताइन । नर्वेजियन दुतावासको सहयोगमा देशका बिभिन्न १४ ओटा एफ एम रेडियोबाट प्रसारण हुदै आएको कार्यक्रम पहिचान यहि फ्रेर्बुअरी २०१५ देखि बन्द हुदैछ भने मानबअधिकार लगायतको क्षेत्रमा हुदै आएको सहयोग रोकिदैछ । रेडियो कार्यक्रम पहिचानका परिकल्पनाकार सुनिल बाबु पन्त थिए । दातृ निकायको सहयोग निरन्तर रहे समलिंगी तेस्रोलिंगीले सहज रुपमा पहिचान अनुसारको नागरिकता र राहदानी पाउन सक्ने, पहिचान अनुसारकै शैक्षिक प्रमाणपत्र पाउन सक्ने, धर्म सन्तान र सम्पतिको अधिकार सुनिश्चित हुने समिक्षात्मक कार्यक्रममा सहभागिले व्यक्त गरे । उनीहरुले समलिंगी तेस्रोलिंगी मैत्री संबिधान बनाउन, देवानी र फौजदारी संहितामा रहेका विभेदकारी व्यबस्था संसोधन गर्न र समलिंगी बिवाहलाई कानुनी मान्यता दिलाउन मानबअधिकार र मिडियामा नर्वेजियन दुतावासबाट हुने सहयोग महत्वपुर्ण हुने बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading