कानुनी रुपमा स्थापित भएको अधिकारनै पाइएन : अध्यक्ष गुरुङ

कानुनी रुपमा स्थापित भएको अधिकारनै पाइएन : अध्यक्ष गुरुङ

काठमाडौं (पहिचान) फागुन २४ – नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले आफूहरु अहिले पनि पहिचान स्थापित गराउने अभियानमै रहेको वताएकी छन् । किन हामीलाई अप्राकृतिक भनिन्छ ? अध्यक्ष गुरुङले भनिन्, मानिसको सोचनै अप्राकृतिक छ । बिश्व स्वास्थ्य संगठनले समलिंगी तेस्रोलिंगी प्राकृतिक हुन भनेर पुष्टी गरिसकेको उनले वताइन् ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एबिसि टेलिभिजनमा पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यसँगको कुराकानीमा अध्यक्ष गुरुङले घर, परिवार, समाज र राज्यले गरिरहेको विभेदका कारण आफूहरु कानुनी रुपमा स्थापित भएको पहिचानको अधिकारनै पाउन नसकेको वताइन । अहिले सम्म आफूहरुले आरक्षणको नाम मात्रै सुनेको वताउँदै अध्यक्ष गुरुङले सबै क्षेत्रबाट पीडित हुनुपर्ने अवस्थामा रहनु दुखद भएको वताइन् ।

उनले पहिचानसँगै राजनीतिक अधिकार पाउनुपर्नेमा जोड दिइन् । महिला समान ज्याला माग्दै आन्दोलनमा छन् अध्यक्ष गुरुङले भनिन् हामी जस्ता तेस्रोलिंगी महिलाले कुनै पनि ठाउँमा रोजगारीनै पाएका छैनौ । हामी महिला र पुरुष भन्दा भिन्न पहिचान भएका व्यक्ति हौ अध्यक्ष गुरुङले भनिन्, हाम्रो पहिचान छुट्टै छ । म जन्मदा पुरुष हुँ अहिले महिला गाउँ शहर दुनियाँ ब्युँझाउने हाम्रो अभियान जारी भन्ने नारा सहितको पत्रकार आचार्यको कार्यक्रममा अध्यक्ष गुरुङले भनिन्, हामी माथि हुने हिंसा, दुरव्यवहार र विभेद अन्त्य हुनुपर्छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading