निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“स्वास्थ्य संस्थामा तेस्रोलिंगीलाई भेदभाव नगर्नु”

“स्वास्थ्य संस्थामा तेस्रोलिंगीलाई भेदभाव नगर्नु”

501
SHARES

बिनोद बिक /बुटवल (पहिचान) फागुन २८ -बीर अस्पतालकी स्वास्थ्यकर्मी पूर्णिमा डंगोलले समलिंगी तेस्रोलिंगीलाई स्वास्थ्य चेक जाँचमा लाञ्छना तथा भेदभाव नगर्न सबै स्वास्थ्यकर्मीलाई आग्रह गरेकी छन् । पहिला यो समूदायबारे आफू अनविज्ञ रहेको वताउँदै डंगोलले सबै स्वास्थ्यकर्मीलाई स्वास्थ्य चेक जाँचमा लाञ्छना तथा भेदभाव नगर्न आग्रह गरेकी हुन् ।

उनले समलिंगी तेस्रोलिंगीसँगै काम गर्न पाउँदा आफूले यो समूदायको पीडा महसुस गर्न पाएको वताइन् । यौनिक तथा लंैगिक अल्पसंख्यकको अधिकारका क्षेत्रमा काम गर्दै आएको संस्था नील हिरा समाजले रुपन्देहीको वुटवलमा समलिंगी तेस्रोलिंगी माथी स्वास्थ्य संस्थाहरुमा हुने दुरब्यबाहार र भेदभाव अन्त्यको उद्देश्यले स्वास्थ्यकर्मीहरुका लागि आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रममा डंगोलले यस्तो वताएकी हुन् ।
प्रशिक्षणमा राष्ट्रिय यौन रोग तथा एड्स नियन्त्रण केन्द्रका शम्भु काफ्ले र नील हिरा समाजको केयर एण्ड सर्पोटका ज्योती प्रकाश केसीले अझै पनि अधिकांश स्वास्थ्य संस्था समलिंगी तेस्रोलिंगी मैत्री हुन नसकेको बताए । समलिंगी तेस्रोलिंगी भन्ने बित्तिकै स्वास्थ्यकर्मीहरुले उपचार गर्न हिच्किचाउने, अनावश्यक चासो ब्यक्त गर्ने र मानवीय व्यबहार समेत नगर्ने गरेका कारण समलिंगी तेस्रोलिंगी रोग लाग्दा पनि रोग सहेर घरमै बस्न बाध्य भएको उनीहरुको भनाई छ ।
राष्ट्रिय यौन रोग तथा एड्स नियन्त्रण केन्द्रका काफ्ले, बीर अस्पतालकी स्वास्थ्यकर्मी डंगोलले यौनिक तथा लैगिक अल्पसंख्यकबारे समाजलाई धेरै जानकारी नभएका कारण यस्तो समस्या आउने गरेको भन्दै आफ्नो यौनिकता र पहिचानबारे समलिंगी तेस्रोलिंगीले समाजलाई बुझाउन सक्नु पर्नेमा जोड दिए । डंगोल र काफ्लेले तालिममा सहभागी स्वास्थ्यकर्मीलाई विपरित लिंगी महिला पुरुष सरह यौनिक तथा लैगिक अल्पसंख्यकहरुलाई पनि समान व्यबाहार गर्न आग्रह गरे ।
नील हिरा समाज भैरहवाकी कार्यक्रम संयोजक मनिला न्यौपानेले यौनिकता कसैलाई भन्दै हिड्ने कुरा नभएको भन्दै यसबारे आफ्नो संस्थाले समाजलाई बुझाइरहेको तर अझै पनि समाज आफ्नो समुदायप्रति त्यती धेरै सकारात्मक हुन नसकेको बताइन् ।
न्यौपानेले पौराणीक कालखण्ड देखी नै रहेका तेस्रोलिंगी र समलिंगीलाई अहिले भने स्वीकार नगर्नु दुखद भएको बताइन् । समलिंगी तेस्रोलिंगीलाई मानव सरह समेत ब्यबाहार नगरेको भन्दै समानअधिकार पाउने आफुहरुको पनि अधिकार रहेको र त्यसका लागि राज्यले ध्यान दिनु पर्नेमा न्यौपानेले जोड दिइन् ।

समाचार शेयर गर्नुहोस्
501
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.