निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

दादुराको प्रकोप : कालिकोटका ४ र दाङका ५ जनामा पुष्टि

दादुराको प्रकोप : कालिकोटका ४ र दाङका ५ जनामा पुष्टि

530
SHARES

काठमाडौँ : कालिकोटको खडाचक्र नगरपालिकाका ४ जनामा दादुरा रोग पुष्टि भएको छ। ९ जना दादुराका शङ्कास्पद बिरामीको नमुना परीक्षण पछि ४ जनामा दादुरा रोग पुष्टि भएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ।

महाशाखाले शङ्कास्पद बिरामीहरूको उमेर ६ महिना देखि ३७ वर्षसम्म रहेको जनाएको छ।

दाङको बंगलाचुली नगरपालिकाका ५ जना बिरामीमा दादुरा रोग पुष्टि भएको छ। ८ जना दादुराका शङ्कास्पद बिरामीको नमुना परीक्षण पछि ५ जना बिरामीमा दादुरा रोग पुष्टि भएको महाशाखाले जनाएको छ।

काठमाडौँको गोकर्णेश्वरमा भने जेठ २६ गते यता दादुराको नयाँ केस फेला परेको छैन। काठमाडौँका सबै स्वास्थ्य संस्था, निजी अस्पतालमा सक्रिय केस खोजी जारी रहेको महाशाखाले जनाएको छ।

महाशाखाले १५ वर्ष मुनिका बिरामी बाहेक बालबालिकाहरूलाई दादुरा विरुद्धको खोप दिने तयारी भएको जनाएको छ।

पुरुष समलिङ्गी तथा तेस्रोलिंगीमा एचआइभी सङ्क्रमणको जोखिम उच्च

आर्थिक वर्ष २०७९/८० मा हालसम्म १७ जिल्लामा दादुराको प्रकोप देखिएको छ। मोरङ, सुनसरी धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कालिकोट, कैलाली, कञ्चनपुर र बाजुरामा दादुराको प्रकोप भएको महाशाखाले जनाएको छ।

हालसम्म १ हजार २१ दादुराका बिरामी भेटिएका छन्। बाँकेमा दादुराबाट एक जनाको मृत्यु भएको छ। प्रकोप प्रभावित जिल्लाहरूमा हालसम्म २ लाख १५ हजार ५४ जनालाई दादुराको खोप लगाइएको परिवार कल्याण महाशाखाले जानकारी दिएको छ।

उपचार व्यवस्था तयारी अवस्थामा राख्न स्वास्थ्यको निर्देशन

अस्पतालहरूलाई स्वास्थ्य मन्त्रीको धम्की, १० प्रतिशत शय्या निःशुल्क नगरे कारबाही

समलिङ्गी पुरुष र बाइसेक्सस्युलमा सङ्क्रमण धेरै, विदेशबाट आउनेलाई क्वारेनटिनमा राख्न सुझाव

समाचार शेयर गर्नुहोस्
530
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.