नयाँ सरकार

सरकार गठनमा जसपाले सत्ता गठबन्धनलाई समर्थन गर्ने सङ्केत

सरकार गठनमा जसपाले सत्ता गठबन्धनलाई समर्थन गर्ने सङ्केत

काठमाडौं : प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६४ सिटको छिनोफानो भएको छ। नेपाली काँग्रेसले सबैभन्दा धेरै ५७ सिट जितेको छ।

बाजुरामा बद्रीप्रसाद पाण्डे विजयी भएसँगै काँग्रेसको सिट सङ्ख्या ५७ पुगेको हो। पाण्डे ५ हजार ४ सय ३७ मतान्तरमा निर्वाचित भए। स्याङ्जा २ मा काँग्रेसका उपसभापति समेत रहेका धनराज गुरुङ शनिवार निर्वाचित भएका थिए।
नेकपा एमालेले अहिलेसम्म ४४ सिटमा विजयी हासिल गरेर दोस्रो दल बनेको छ। तेस्रोमा नेकपा माओवादी केन्द्र छ। माओवादीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ १७ सिट हात पारेको छ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म नेकपा एकीकृत समाजवादीले १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर ७ सिट जितेका छन्।

आयोगको तथ्यांकअनुसार लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले १÷१ सिट जितेका छन् भने स्वतन्त्र उम्मेदवार ५ जना प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन्।

सरकार गठनमा केन्द्रित

प्रत्यक्ष तर्फको मतपरिणाम आएसँगै प्रमुख राजनीतिक दलहरू नयाँ सरकार गठनमा केन्द्रित भएका छन्। सत्ता गठबन्धन दलले चुनावको समीक्षा र नयाँ सरकार गठनका विषयमा सोमबार छलफल गर्दै छन्।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन दलको बैठक बोलाउनु भएको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए। सत्ता गठबन्धनको नेकपा माओवादी केन्द्रले सरकार गठनमा अन्य विकल्पमा पनि जान सक्ने बताएपछि देउवाले बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीमा प्रचण्डको बार्गेनिङ, एमालेलाई ग्रिन सिग्नल

तर माओवादी केन्द्रको आइतबार बसेको पदाधिकारी बैठकले भने अन्य विकल्पमा जान सक्ने विषयमा पार्टीमा छलफल नै नभएको प्रस्टोक्ति दिएको छ। चुनावी समीक्षा भएको र गठबन्धन सफल रहेको बैठकले निष्कर्ष निकालेको माओवादीका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए।

बैठकले चुनावमा अपेक्षाकृत नतिजा नआए पनि गठबन्धन सफल भएको निष्कर्ष निकालेको उनले बताए। माओवादीले सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक रहेको गुरुङले बताए। एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीको बलमा सरकारको नेतृत्वमा बार्गेनिङ पावर बढाएको माओवादीले उपेन्द्र यादवको जनता समाजवादी पार्टीको पनि समर्थन लिने प्रयास गरेको छ।

गठबन्धनमा फर्कने

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको चुनावी सहकार्य सकिएको घोषणा नै गरेका छन्। सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतसँग पराजित यादवले विराटनगर विमानस्थलमा पत्रकारसँग अब कसरी अघि बढ्ने भन्ने निर्णयमा भने नपुगेको बताए।

उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेको जसपाले चुनावमा निराशाजनक परिणाम ल्याए पछि फेरि सत्ता गठबन्धनमै फर्कने सङ्केत गरेको छ। आफूहरूले उठाउँदै आएको संविधान संशोधन, नागरिकतालगायतका विषय जसले सम्बोधन गर्छ उसैसँग सहकार्य हुने यादवले बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनबिनै ‘गठबन्धन सरकार’

२७५ सदस्यीय प्रतिनिधिसभामा नयाँ सरकार गठनका लागि साधारण बहुमतका लागि १३८ जना सांसदको समर्थन आवश्यक पर्छ। सरकार बनाउन गठबन्धनको सिट अपुग हुने भए पछि प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले सिके राउत र रेसम चौधरीलाई फकाइ रहेका छन्।

एमालेसँगको गठबन्धन तोड्ने घोषणा गरेको जसपालाई पनि सत्ता गठबन्धन ल्याउन दलहरूले प्रयास गर्ने छन्। जसपा गठबन्धनमा आउँदा सरकार गठन गर्न आवश्यक बहुमत पुग्ने देखिएको छ।

प्रधानमन्त्रीमा दाबी गर्नेहरूको लर्को, सिके राउतलाई काँग्रेसको अफर

प्रधानमन्त्री बन्न गठबन्धन भित्रै आकाङ्क्षीको ताँती, एमालेले दाबी नछोड्ने

गठबन्धनको खाका : देउवा राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री !

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading