समलिङ्गी विवाह : तत्काल दर्ताको आदेश माग्दै सर्वोच्चमा रिट

समलिङ्गी विवाह : तत्काल दर्ताको आदेश माग्दै सर्वोच्चमा रिट

काठमाडौं : समलिङ्गी विवाह दर्ता गर्न पाउने आदेश माग्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। नील हिरा समाजकी अध्यक्ष सञ्जीव गुरुङ (पिंकी) लगायत अन्य ९ जनाले सर्वोच्च अदालत रिट दायर गरेका हुन्।

लैङ्गिक एवं यौनिक अभिमुखीकरणका आधारमा विवाहलाई छुट्टै दर्ता किताब खडा गरी अस्थायी रूपमा विवाह दर्ता गर्न पाउने गरी आदेश माग गर्दै रिट दर्ता भएको हो।

सबै अदालतका विवाह दर्ता अधिकारीका नाममा निवेदक जोडीहरू एवं निवेदक सरहका जोडीहरूले निवेदन माग गरेमा विवाह दर्ता गरिदिनु भन्ने आदेश रिटमा माग गरिएको छ। त्यसका लागि अदालतका रजिस्ट्रारलाई आवश्यक व्यवस्थापनको जिम्मेवारी पूरा गर्न प्रभावकारी अन्तरिम आदेश जारी गरी हक प्रचलन हुने गरी न्याय दिन भनिएको छ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय संसद् सचिवालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई विपक्षी बनाइएको छ।

रिट निवेदकहरूले तेस्रोलिङ्गीको सम्बन्धमा विवाह गर्ने कानुनको अभावमा जीवन साथी भए पनि विवाह दर्ता गर्न नपाएको उल्लेख गरेका छन्। रिट निवेदकहरूले आ–आफ्नो जैविक लिङ्ग वा सामाजिक लिङ्ग अथवा यौनिक तथा भावनात्मक आकर्षण अनुसार बहुसङ्ख्यक पुरुष महिला बिचको जस्तो विपरितलिङ्गी सम्बन्ध राख्न नसक्ने उल्लेख गरेका छन्।

यौनिक अल्पसङ्ख्यकमा रहेका व्यक्तिहरूको यौनिक अभिमुखीकरणका आधारमा एक अर्कालाई पार्टनर, जोडी मानी विवाह हुने, तेस्रोलिङ्गीको रूपमा रहेका व्यक्तिहरूले आफ्नो लैङ्गिक पहिचान बमोजिम विवाह गर्न, विवाह दर्ता गर्ने, यस्तो विवाहलाई कानुनी मान्यता दिने वा दिलाउने कानुन हालसम्म बनेको छैन। विवाहबाट सिर्जित हुने पारिवारिक र सम्पत्तिको हक सम्बन्धमा समेत पहिचान दिइएको छैन।

निवेदक मध्येकी पिङ्गी गुरुङले तेस्रोलिङ्गीको सम्बन्धमा विवाह गर्ने कानुनको अभावमा जीवन साथी (पार्टनर) भए पनि विवाह दर्ता गर्ने नपाएको उल्लेख गरेकी छन्।

निवेदक मध्येका सुरेन्द्र पाण्डेले निवेदक मध्येकी माया गुरुङ भन्ने राम बहादुर गुरुङलाई ७ वर्षदेखि जीवन साथी बनाई २०७४।६।२६ मा गणेस्थान मन्दिर सोर्‍हखुट्टेमा सांस्कृतिक विवाह गरी जीवन निर्वाह गर्दै राज्यको कानुन बमोजिम विवाह दर्ता गर्न नसकी साथै बस्दै आएको उल्लेख गरेका छन्।

भूमिका श्रेष्ठले लैङ्गिक पहिचान तेस्रोलिङ्गी महिला र जन्म दर्तामा छोरा रहेको हुनाले विना भेदभाव सहज ढङ्गले विवाह दर्ता गर्न नसकेको अवस्थामा रहेको उल्लेख गरेकी छन्।

मनोरञ्जन कुमार वैद्यले समलिङ्गी पुरुष भएको र जीवनमा धेरै पार्टनरहरू आउने जाने भए पनि वैधानिक रूपमा आफूजस्ता व्यक्तिको लागि राज्यमा औपचारिक रूपमा विवाह दर्ताको संयन्त्र नभएकोले सम्बन्ध दिगो नरहने र आफूबाट पार्टनरहरूले फाइदा लुटी गएको तर कुनै कारबाही गर्ने र वैवाहिक सम्बन्धलाई निरन्तरता दिने अवस्था बन्न नसकी पीडित भई आएको उल्लेख गरेका छन्।

सञ्जय शर्माले समलिङ्गी सम्बन्धलाई सकारात्मक रूपमा समाजले नहेर्ने र समलिङ्गी विवाहलाई कानुनले मान्यता नदिएकोले आफ्नो इच्छा हुँदा हुँदै परिवारको इज्जतको खातिर खुलेर बाहिर आउन नसकी यौन पार्टनर खोज्न नसकेको हुँदा जैविक आवश्यकता पुरा हुने अवस्था नभएको कारणले मानसिक रूपमा विक्षिप्त भई गुज्रिरहेको उल्लेख गरेका छन्।

सिमरन शेरचनले जन्मँदा (जैविक लिङ्ग) पुलिङ्गी भए पनि हुर्कँदै जाँदा, स्वाभाविक रूपमा सामाजिक लिङ्ग भने ‘तेस्रोलिङ्गी महिला’ को पहिचान रहेको उल्लेख गरेकी छन् भने पिटर भन्ने अनुज राईले ‘तेस्रोलिङ्गी महिला’ को लैङ्गिक पहिचान भएको र नागरिकतामा लिङ्गको महलमा ‘पुरुष’ भनेर दिएकोले लैङ्गिक पहिचान अनुसार नेपालको कानुनले विवाह गर्न अनुमति नदिएको उल्लेख गरेका छन्।

सुनिलबाबु पन्तविरुद्ध नेपाल सरकार रहेको मुद्दामा सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई पहिचान अनुसारको नागरिकता दिन, विभेद हुने कानुन संशोधन गर्न र समलिङ्गी विवाहबारे अध्ययनका लागि समिति गठन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि गठन भएको समितिले २०७१ सालमा सरकारलाई प्रतिवेदन बुझाए पनि हालसम्म समलिङ्गी विवाहको कानुन बनेको छैन।

संविधान सभाका सदस्य एवं यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका अभियन्ता सुनिलबाबु पन्तले विवाह सम्बन्धी कानुन परिमार्जन नभएसम्मका तत्काल दर्ता हुने गरी आदेश माग्दै रिट दर्ता भएको बताएका छन्। यो रिट निवेदन विगत र वर्तमानका रिटहरू भन्दा फरक रहेको पन्तले जानकारी दिए।

सम्बन्धित समाचार

समलिङ्गी विवाह : तीन वर्षदेखि रोकिएको प्रक्रिया अब सुरु हुने आशा

समलिङ्गी विवाह सम्बन्धी सरकारको गोप्य अवधारणा, कानुनले फिर्ता पठाएपछि अर्को बनाउने तयारी

सर्वोच्चको ऐतिहासिक फैसला, समलिङ्गी विवाहलाई मान्यता दिनु (आदेशको पूर्णपाठ र भिडियो )

छोरो ‘गे’ हुँदा भोजराज पोखरेललाई यस्तो, आम परिवारको अवस्था कस्तो?

“नेपाली महिलासँग विवाह गरेकी अमेरिकी महिलालाई भिसा दिनु” (केही समय अघि सुमन पन्तसँग गरिएको कुराकानी र सर्बोच्च अदालतको आदेश समेत संलग्न छ)

हाईप्रोफाइल परिवारमा समलिङ्गी विवाह, गैरपर्यटक भिसाको आदेश कुर्दै जोडी

लिङ्ग पहिचान गरेर पतन गराउन सांसद नै उक्साउँछन्, कसरी हुन्छ कानुन कार्यान्वयन?

समलिंगी जोडीलाई भिषा नदिए सर्वोच्च जाने सुमनको चेतावनी

नीलो फूल : अवस्था बदल्न व्यवस्था परिवर्तन

रोजेको मान्छेसँग विवाह गर्न नपाउँदा…

तेस्रोलिंगी पहिचान : संविधानले स्वीका-यो, संहिताले चिनेन

छापामार शैलीमा मतदाता भेट्छु : शरिन तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी

नीलो फूल र सकम्बरीले गरे पितृसत्तात्मक सोचको भण्डाफोर

नागरिकता विधेयक प्रमाणीकरण : लैङ्गिक पहिचान खुलाएर नागरिकता लिन पाउने

तेस्रोलिंगी यो देशका जनता होइनन्? प्रधानमन्त्रीले भने, नीति तथा कार्यक्रममा प्रस्टै छ

नीलो फूल : नरिसाउने सागरसँग मिल्यो क्यारेक्टर, छक्क परिन उर्मिला (भिडियो)

नागरिकता लिँदा छामछुम, ब्लाकमेलिङ गर्दै विवाह

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading