कर्नाटक उच्च न्यायालयको फैसला, व्यक्तिको अमूल्य जीवन जानु दुर्भाग्यपूर्ण

कर्नाटक उच्च न्यायालयको फैसला, व्यक्तिको अमूल्य जीवन जानु दुर्भाग्यपूर्ण

एजेन्सी : भारतको कर्नाटक उच्च न्यायालयले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय (एलजिबिटिआइक्यू) का व्यक्तिहरूप्रति प्रेमपूर्ण व्यवहार गर्नुपर्ने फैसला सुनाएको छ।

एलजिबिटिआइक्यू समुदायका एक व्यक्तिलाई आत्महत्याका लागि उक्साएको अपराधमा दर्ता गरिएको मुद्दालाई चुनौती दिने गरी दायर रिट खारेज गर्दै उच्च न्यायालयले यस्तो फैसला सुनाएको हो।

‘कसैको ज्यान नगुमोस् भन्ने उद्देश्य खातिर एलजिबिटिआइक्यूसहित सबै लिङ्गी प्रति उचित प्रेम र हेरचाहपूर्ण व्यवहार गरिनुपर्छ’ कर्नाटक उच्च अदालतले भनेको छ,‘बहिष्कृत हुने कुराले उनीहरूलाई निक्कै भावुक र चिन्तित बनाएको छ। यसैकारण यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूलाई पूर्ण रूपमा माया र स्नेहपूर्ण व्यवहार गरिनुपर्छ। जसरी एक सामान्य मानिसलाई गरिन्छ त्यसरी नै उनीहरूसँग पनि माया, हेरचाहपूर्ण राम्रो व्यवहार देखाउन सके कसैले मूल्यवान् जीवन गुमाउनुपर्दैन।’

घटना यस्तो थियो

पीडितले गत जुन ३ मा आत्महत्या गरेका हुन्। उनी एलजिबिटिआइक्यू समुदायका सदस्य थिए। उत्तर प्रदेशमा बस्दै आएका मृतकका बाबुले आफ्नो छोरालाई उसको यौन झुकावको विषयलाई लिएर उसका साथीहरूले निरन्तर दुःख दिँदै आएको बताए। त्यही कारण आफ्नो छोराले आत्महत्या गरेको उनको आरोप छ।

आरोपितमध्ये एक जना बैंगलोर र दुई जना उत्तर प्रदेशमा बस्दै आएका छन् र उनीहरू सबै जना बैंगलोरको एउटा कम्पनीमा सँगै काम गर्थे।

सहकर्मीहरू तल्लो स्तरको चुट्किला सुनाएर उसलाई हेप्ने गर्थे भने उसको यौन झुकावलाई लिएर चिढाउने गर्थे। सहकर्मीहरूको व्यवहारका कारण राजीनामा दिए पनि पछि उनले फिर्ता लिएका थिए।

उनले कार्यस्थलमा महिलामाथि यौन उत्पीडन विरुद्धको ऐन अनुसार गठित आन्तरिक गुनासो समितिमा उजुरी दिए। यस्तैगरी आफूलाई उत्पीडन गर्ने तीन जना सहकर्मीविरुद्ध पनि उनले प्रहरीमा आरोप दर्ता गराएका थिए।

व्हाइटफिल्ड प्रहरीले आत्महत्याका लागि उक्साएको अपराधमा मृतकका तीन जना सहकर्मीविरुद्ध मुद्दा दर्ता गर्‍यो। त्यसपछि तिनै जना आरोपीले उच्च न्यायालयमा प्रहरीको मुद्दा विरुद्ध रिट दायर गरे।

अदालतको फैसला

अदालतले आफ्नो फैसलामा भनेको छ, ‘यसरी एक युवाको अमूल्य जीवन जानु दुर्भाग्यपूर्ण हो। पहिलो कुरा सबै आरोप मृतकको यौन झुकाव प्रति लक्षित छ। यसकारण संवेदनशील व्यक्तिहरूसँग कसरी कुरा गर्ने भनेर सबै नागरिकले सचेत हुनुपर्ने भएको छ। हामी सबैले यो विषयमा आत्मसमिक्षा गर्नुपर्छ। उनीहरू पनि एक मानिस हुन् र सबै समान व्यवहारका लागि योग्य छन्।’

यस मुद्दामा अहिले पनि अनुसन्धान चलिरहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

थप सामग्री

युगान्डालाई एलजीबीटीआइक्यू विरोधी कानुनको भारी

क्याथोलिक चर्च सबैका लागि खुल्ला

‘समलिङ्गी हुँ’ भन्दा बाउआमाले झन्डै मारेनन्

बाबुले जिउँदैमा अन्तिम संस्कार सकाएकी गौरी सावन्तको कथा ‘ताली’

पारलिंगी महिलाको भेषमा यौन हिंसाको शृङ्खला : आजीवन कारावास

समलिङ्गी मुक्ति आन्दोलनको शृङ्खला–स्टोनवाल विद्रोह

युगान्डामा समलिङ्गी विरोधी व्यवस्थाको विरोध, आर्थिक सहायता कटौती गर्ने बाइडेनको चेतावनी

पाकिस्तान–सिन्ध प्रान्त : ट्रान्सजेन्डर माथिको उत्पीडन र गिरफ्तारी रोक्न सुझाव

ट्रान्सजेन्डर अलिशाको यात्रा : सेक्सवर्कदेखी हेल्थवर्करसम्म

समलैङ्गिकतालाई अपराध बनाउने त्यो आँधी…

सर्वोच्चको फैसला कुर्दै भारतीय समलिङ्गी जोडी

दक्षिण कोरियामा समलिङ्गी जोडीको अधिकारलाई मान्यता

इटालीमा कानुनी अड्चन खेप्दै समलिङ्गी आमाबाबुका सन्तान

समलिङ्गी विवाहलाई वैधानिक बनाउने कानुनमा बाइडेनले गरे हस्ताक्षर

फरक महसुस गरेका बालबच्चालाई अभिभावकले कसरी मार्ग निर्देशन गर्ने?

बेलायत र युरोपमा समलिङ्गी सङ्क्रमित बढी, गे बारहरू र क्लबहरू अनुसन्धान गर्न ट्रेस

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading