क्याथोलिक चर्च सबैका लागि खुल्ला

क्याथोलिक चर्च सबैका लागि खुल्ला

एजेन्सी : पोप फ्रान्सिसले क्याथोलिक चर्च समलिङ्गी समुदायसहित सबैका लागि खुल्ला रहेको बताएका छन्।

पोर्चुगल देखि रोम फर्कने क्रममा विमानमा पत्रकारहरूसँग कुरा गर्दै पोपले आध्यात्मिकताको व्यक्तिगत मार्गमा उनीहरूलाई साथ दिनु कर्तव्य रहेको तर यसभित्र रहेर नियमका ढाँचा पालना गर्नुपर्ने बताए।

८६ वर्षीय पोपले भने– ‘चर्च ‘सबै’ ‘सबै’ ‘सबै’ का लागि खुल्ला छ।’ महिला र समलिङ्गी व्यक्तिहरूले समान अधिकार र केही संस्कार प्राप्त गर्न नसक्नु बेमेल थिएन र? भनी उनले प्रति प्रश्न समेत गरे।

पोपले लक्षित गरेका पवित्र आदेश मार्फत महिलाहरूलाई पुजारी बन्न अनुमति नदिने, समलिङ्गी जोडीलाई विवाह गर्न अनुमति नदिने स्पष्ट सन्दर्भ जोडिएको थियो।

‘चर्च सबैका लागि खुल्ला छ, तर चर्च भित्रको जीवनलाई नियमन गर्ने कानुनहरू छन्। कानुनअनुसार तिनीहरू (केही) संस्कारहरूमा भाग लिन सक्दैनन्। यसको मतलब यो बन्द छ भन्ने होइन। प्रत्येक व्यक्तिले चर्च भित्र भगवानलाई आफ्नै तरिकाले भेट्छ।’ उनले भने।

चर्चका मन्त्रीहरूले आमाको जस्तै धैर्यता र मायाका साथ सबै खाले मानिसलाई ध्यान दिनुपर्छ, साथ दिनुपर्छ। तिनीहरू मध्ये केही नियम पालना नगर्ने पनि छन्। यशुले इसाई धर्मको प्रसारकका रूपमा पुरुषलाई नै रोज्नु भएकाले महिलाहरू पुजारी बन्न सक्दैनन् भनी चर्चले सिकाउँछ।

चर्चले समलिङ्गी विवाह वा समलिङ्गी जोडीलाई आशीर्वाद दिने अनुमति समेत दिँदैन। तर फ्रान्सिसले पेन्सन, स्वास्थ्य बिमा र उत्तराधिकार जस्ता क्षेत्रहरूमा समलिङ्गी जोडीहरूलाई अधिकार दिने कानुनलाई समर्थन गर्दछन्।

आफ्नो पोप पदको सुरुवात देखि फ्रान्सिसले समलिङ्गी आकर्षण भएकाहरूलाई पवित्र हुन आग्रह गर्ने शिक्षाहरू परिवर्तन नगरी एलजिबिटीक्यू समुदायका सदस्यसहित चर्चलाई थप स्वागत योग्य र निन्दा कम गर्ने प्रयास गर्दै आएका छन्।

पोप फ्रान्सिसले युवाहरूलाई लक्षित गर्दै सोधे– ‘हामी मध्ये आफ्नो जीवनको कुनै न कुनै समयमा नैतिक त्रुटि नगर्ने को छ?’

फ्रान्सिसले १० वर्ष अघि पोप बने देखि नै महिलालाई विशेष गरी उच्चस्तरीय भ्याटिकन पदहरूमा थप भूमिका दिने तर थप उदारवादी धार भएकाहरूलाई अपिल गर्ने सहित सुधारको शृङ्खलालाई अगाडी बढाएका छन्।

सम्बन्धित समाचार

‘समलिङ्गी हुँ’ भन्दा बाउआमाले झन्डै मारेनन्

बाबुले जिउँदैमा अन्तिम संस्कार सकाएकी गौरी सावन्तको कथा ‘ताली’

पारलिंगी महिलाको भेषमा यौन हिंसाको शृङ्खला : आजीवन कारावास

समलिङ्गी मुक्ति आन्दोलनको शृङ्खला–स्टोनवाल विद्रोह

युगान्डामा समलिङ्गी विरोधी व्यवस्थाको विरोध, आर्थिक सहायता कटौती गर्ने बाइडेनको चेतावनी

पाकिस्तान–सिन्ध प्रान्त : ट्रान्सजेन्डर माथिको उत्पीडन र गिरफ्तारी रोक्न सुझाव

ट्रान्सजेन्डर अलिशाको यात्रा : सेक्सवर्कदेखी हेल्थवर्करसम्म

समलैङ्गिकतालाई अपराध बनाउने त्यो आँधी…

सर्वोच्चको फैसला कुर्दै भारतीय समलिङ्गी जोडी

दक्षिण कोरियामा समलिङ्गी जोडीको अधिकारलाई मान्यता

इटालीमा कानुनी अड्चन खेप्दै समलिङ्गी आमाबाबुका सन्तान

समलिङ्गी विवाहलाई वैधानिक बनाउने कानुनमा बाइडेनले गरे हस्ताक्षर

फरक महसुस गरेका बालबच्चालाई अभिभावकले कसरी मार्ग निर्देशन गर्ने?

बेलायत र युरोपमा समलिङ्गी सङ्क्रमित बढी, गे बारहरू र क्लबहरू अनुसन्धान गर्न ट्रेस

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading