युगान्डालाई एलजीबीटीआइक्यू विरोधी कानुनको भारी

युगान्डालाई एलजीबीटीआइक्यू विरोधी कानुनको भारी

एजेन्सी : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विरोधी नयाँ कानुनलाई लिएर नयाँ ऋण प्रदान नगर्ने घोषणा गरेपछि विश्व बैङ्क र अफ्रिकी मुलुक युगान्डाबिच सवाल जवाफ चर्किएको छ।

अमेरिकाको वासिङ्टन डिसी स्थित विश्व बैङ्कको कार्यालयले आफ्ना परियोजनाहरूमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई भेदभाव र बहिस्कार नहुने तय गरी विवादास्पद एलजीबीटीआइक्यू विरोधी कानुन माथि समीक्षा नगरिए सम्म विभिन्न परियोजनाका लागि नयाँ आर्थिक सहायता माथि रोक लगाउने घोषणा गरेको छ। ‘युगान्डाको समलैंगिकता विरोधी कानुन मौलिक रूपमा विश्व बैङ्कको मूल्य मान्यताअनुरूप छैन’ विश्व बैङ्कले आफ्नो वक्तव्यमा भनेको छ।

‘यो ग्रहमा गरिबी उन्मुलन गर्ने हाम्रो दृष्टिकोण तब मात्र सफल हुन सक्छ, यसले जातीय, यौनिक तथा लैङ्गिक विभेद नगरी सबैलाई समावेश गर्दछ भन्नेमा हामी विश्वास गर्छौँ’ विश्व बैङ्कले भनेको छ– तर यो कानुनले ती प्रयासहरूलाई कमजोर बनाउँछ। संसारभर समावेशी र भेदभाव रहित संलग्नता हाम्रो कामको मुख्य बिन्दु हो।’

नयाँ कानुनमा के छ?

युगान्डाका राष्ट्रपति यवेरी मुसेभेनीले गत मे महिनामै समलैङ्गिक आचरणलाई अपराध घोषित गर्ने विधेयकमा हस्ताक्षर गरेका थिए, जसमा गम्भीर समलैङ्गिक गतिविधिमा दोषी ठहरिएकालाई मृत्युदण्डको सजाय तोक्ने व्यवस्था गरिएको छ।

एचआइभी पोजेटिभ हुँदा समलिङ्गी यौन सम्बन्ध सहित केही व्यवहारका लागि मृत्युदण्डको सजाय दिने र समलैङ्गिकतालाई बढवा दिए २० वर्षसम्मको सजायको प्रावधान नयाँ कानुनले गरेको छ।

युगान्डामा समलिङ्गी सम्बन्धी पहिले नै गैरकानुनी भए पनि नयाँ कानुनले उग्र समलैङ्गिकता लगायतका केही गतिविधि तथा व्यवहारका लागि मृत्युदण्डको सजाय र समलैङ्गिकतालाई बढवा दिनेलाई २० वर्षको जेल सजाय तोकेको हो।

सर्वत्र विरोधका बाबजुद नयाँ कानुन

एलजीबीटीआइक्यु विरोधी कानुनको स्थानीय र अन्तर्राष्ट्रिय अधिकारवादी सङ्गठनसँगै पश्चिमा सरकारहरूले व्यापक आलोचना गर्दै आए पनि लागु गरिएको छ। नयाँ कानुनको अन्तर्राष्ट्रियस्तरमा व्यापक विरोध भए पनि देशभित्र भने लोकप्रिय मानिएको छ।

विश्व बैङ्कले गत मे मा यो कानुन मूल्यमान्यता अनुरूप नरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको थियो। गत जूनमा पदभार ग्रहण गरेका विश्व बैङ्कका अध्यक्ष अजय बंगाले युगान्डाको कानुनमाथि प्रतिक्रिया दिएपछि दबाबको सामना गर्नुपरेको थियो।

अमेरिकाले राष्ट्रपति योवेरी मुसेभेनीले कानुनमा हस्ताक्षर गरेपछि युगान्डाका अधिकारीहरूको यात्रामा प्रतिबन्ध लगाएको थियो।

विश्व बैङ्कले युगान्डालाई आर्थिक सहायता रोकिए पनि सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएको छ। ‘विश्व बैङ्कको युगान्डासँग लामो समय देखिको उत्पादक सम्बन्ध रहेको छ। हामी युगान्डाका सबै मानिसलाई विना अवरोध, गरिबीबाट बच्न, अत्यावश्यक सेवाहरूसम्म पहुँच पुर्‍याउन र उनीहरूको जीवनमा सुधार गर्न हामी मद्दत गर्न प्रतिबद्ध छौँ’विश्व बैङ्कले भनेको छ।

युगान्डाले ऋणको वैकल्पिक स्रोत खोज्ने

समलैंगिकतालाई एक मनोवैज्ञानिक विकारको रूपमा चर्चा गर्दै आएका राष्ट्रपति मुसेभेनीले, भने नयाँ कानुनलाई लिएर भइरहेको अन्तर्राष्ट्रिय आलोचनालाई अस्वीकार गरेका छन्।

मुसेभेनीले भने विश्व बैङ्कको आर्थिक सहायता रोक्ने निर्णयलाई कठोर पूर्ण भन्दै निन्दा गरेका छन्। उनले ऋणको वैकल्पिक स्रोत खोज्ने प्रतिबद्धता समेत जनाएका छन्। युगान्डाले कुनै पनि हालतमा ऋण कम गर्ने प्रयास गरिरहेको भन्दै विदेशी संस्थानहरूको दबाबमा नआउने बताएका छन्।

‘विश्व बैङ्क र यसका नेता पैसाको उपयोग गरेर हाम्रो आफ्नो विश्वास, संस्कृति, सिद्धान्तहरू र सम्प्रभुतामाथि हस्तक्षेप गरिरहेका छन्, वास्तवमा उनीहरू सबै अफ्रिकीहरूलाई कमजोर ठान्दछन्’ मुसेभेनीले भनेका छन्।

युगान्डामा विश्व बैङ्कको मौजुदा पोर्टफेलियो ५.२ बिलियन डलर (६९ करोड २९ लाख बढी) बराबरको रहेको छ। यद्धपी ती परियोजनाहरू प्रभावित हुने छैनन्।

सम्बन्धित समाचार

क्याथोलिक चर्च सबैका लागि खुल्ला

‘समलिङ्गी हुँ’ भन्दा बाउआमाले झन्डै मारेनन्

बाबुले जिउँदैमा अन्तिम संस्कार सकाएकी गौरी सावन्तको कथा ‘ताली’

पारलिंगी महिलाको भेषमा यौन हिंसाको शृङ्खला : आजीवन कारावास

समलिङ्गी मुक्ति आन्दोलनको शृङ्खला–स्टोनवाल विद्रोह

युगान्डामा समलिङ्गी विरोधी व्यवस्थाको विरोध, आर्थिक सहायता कटौती गर्ने बाइडेनको चेतावनी

पाकिस्तान–सिन्ध प्रान्त : ट्रान्सजेन्डर माथिको उत्पीडन र गिरफ्तारी रोक्न सुझाव

ट्रान्सजेन्डर अलिशाको यात्रा : सेक्सवर्कदेखी हेल्थवर्करसम्म

समलैङ्गिकतालाई अपराध बनाउने त्यो आँधी…

सर्वोच्चको फैसला कुर्दै भारतीय समलिङ्गी जोडी

दक्षिण कोरियामा समलिङ्गी जोडीको अधिकारलाई मान्यता

इटालीमा कानुनी अड्चन खेप्दै समलिङ्गी आमाबाबुका सन्तान

समलिङ्गी विवाहलाई वैधानिक बनाउने कानुनमा बाइडेनले गरे हस्ताक्षर

फरक महसुस गरेका बालबच्चालाई अभिभावकले कसरी मार्ग निर्देशन गर्ने?

बेलायत र युरोपमा समलिङ्गी सङ्क्रमित बढी, गे बारहरू र क्लबहरू अनुसन्धान गर्न ट्रेस

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading