शरणार्थी शिविर बस्ती बनेपछि झसङ्ग भए भुटानी

शरणार्थी शिविर बस्ती बनेपछि झसङ्ग भए भुटानी

काठमाडौं : नेपालको शरणार्थी शिविरमा रहेका भुटानीलाई स्थानीयकरण गर्ने प्रक्रिया सुरु भएको छ। शरणार्थी शिविरलाई बस्ती नामाकरण गरिएको छ। शिविरमा रहेका भुटानीका सन्तानको जन्म दर्ता स्थानीय पालिका गर्नु पर्ने भनिएको छ।

शरणार्थी सम्बन्धी राष्ट्र सङ्घीय उच्च आयोग (युएनएचसीआर) ले भुटानी शरणार्थी शिविरबाट हात झिकिसेको छ। तेस्रो देश पुर्नवास कार्यक्रम सकिएसँगै युएनएचसीआरले हात झिकेको हो। घर फिर्तीका लागि नेपाल सरकार र युएनएचसीआरले भुटानसँग वार्ता नगर्दा आफूहरू बिचल्लीमा परेको शरणार्थीहरूले बताएका छन्।

शिविर व्यवस्थापन समितिलाई बस्ती व्यवस्थापन समिति बनाएर स्थानीयकरण गर्ने प्रक्रियाले झसङ्ग भएको नेदरल्याण्डस्को हेगमा रहेका भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले बताए।

घर फिर्तीको माग गरेर नेपाल सरकारसँग हारगुहार गरिरहेका शरणार्थीहरूले नेपालमा विलय गराउने प्रक्रियाको विरोध गरेका छन्। भुटानसँग वार्ता गरेर घर फिर्ता गराउनुको साटो नेपाल सरकारले नेपालमै विलय गराउने प्रक्रिया सुरु गरेपछि अचम्मित बनाएको उनीहरूले बताए।

अभियानका संयोजक कार्कीले शिविरलाई अचानक बस्ती नामाकरण गर्ने, भुटानी नागरिकका बालबच्चाको जन्म दर्ता स्थानीय पालिकामा गर्नुपर्ने, स्थानीय स्कुलमा भर्ना गर्नुपर्ने लगायतका प्रक्रियाले घर फिर्तीको आवाज दबाउन खोजिएको बताए। ‘नेपाल सरकारले शिविरलाई अचानक बस्ती नामाकरण गरिदियो,नेपालमा विलय गराउन लाग्यो,’उनले पहिचानसँग भने,‘हामी पुनर्वासमा भएकाहरू झसङ्ग भएका छौँ।’


नेपालको शरणार्थी शिविरमा रहेका भुटानीहरूले नेपाल सरकार र युएनएचआरसीले धोका दिन नमिल्ने पनि बताएका छन्। शरणार्थी शिविरलाई बस्ती नामाकरण गरेर शरणार्थीहरूको घर फिर्तीको मागलाई बेवास्ता नगर्न बेलडाँगी शरणार्थी शिविरका पूर्व सचिव डिबी सुब्बाले बताए।

घर फिर्तीको अपिल गरिरहँदा भित्र भित्रै सरकारले शिविरलाई बस्तीमा परिवर्तन (चेन्ज) गर्नु उचित नहुने सुब्बाले बताए। उनले भुटान नफर्कने भनेर कसैले नभनेको सुनाए। ‘हामी कुर्नु परे पनि कुर्छौ, हामीले लिएको लक्ष्य पुरा गर्छौ,’सुब्बाले पहिचानसँग भने,‘हामी भुटान फर्केर जान्छौँ, आफ्नो देश, आफ्नो माटो, आफ्नो मातृभूमिमा फर्कन्छौ भन्ने अडान लिएर लगातार रूपमा अपिल गरिरहेका छौँ।’

भुटानी शरणार्थी स्व.भम्पा : एक अडान अनेक प्रश्न

घर फिर्तीको माग पुरा गर्ने दायित्व नेपाल सरकार र युएनएचआरसीको भएको उनले बताए। ‘भुटान सरकारसँग शरणार्थी शिविरमा आफ्नो देश फर्कन्छु भनेर बस्ने मान्छेहरूलाई लैजानु पर्छ भन्ने दायित्व नेपाल सरकार र युएनएचसीआरको पर्छ,’उनले भने,‘शिविरमा बसेर भुटान फिर्तीको पहल गरिरहेका छौँ, तर बस्तीमा परिणत गर्दा अचम्मित भएका छौँ।’

उनले नेपाल सरकारले जबरजस्ती स्थानीयकरण गर्न नमिल्ने बताए। उनले भुटान फर्कन पाउनुपर्ने आफूहरूको अधिकार भएको बताए। आफूहरू तेस्रो देश पुर्नवास नभई घर फिर्ती हुनु पर्ने माग अगाडि सारेर बसिरहेको उनले बताए। ‘नेपाल सरकार र युएनएचआरसीले बेवास्ता गरेर जबरजस्ती गरिरहेको अवस्था छ, त्यो जबरजस्तीले सोलुसन आउँदैन,’उनले भने,‘जबरजस्ती पेलेर, लादेर हुँदैन।’

नेपालको बेलडाँगी र पथरी शनिश्चरे शरणार्थी शिविरमा अझै ५ हजार ५ सय जना रहेको उनले बताए। ‘यसमा दर्ता विहीनहरू पनि छन्,’उनले भने,‘तर दर्तावाल नै हामी ६ देखि साढे ६ हजारको बीचमा छौँ।’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रकम उठाउने गिरोह कानुनी कारबाहीमा पर्दा सक्कली भुटानी शरणार्थी नेपालमा विलय हुनुपर्ने अवस्थामा पुगेका छन्। तीन दशकदेखि भुटान सरकारको अत्याचार विरुद्ध आवाज उठाउँदै आएका मानव अधिकारवादी नेता टेकनाथ रिजाल यति वेला त्यही नक्कली शरणार्थी प्रकरणले बन्दी बनेका छन्।

नेपालको शरणार्थी शिविरमा रहेका भुटानी नागरिकलाई भुटान सरकारसँग वार्ता गरेर घर फिर्ता गराउनु पर्ने माग गर्दै आएका रिजाल जेल परेसँगै शिविरलाई बस्ती नामाकरण गरिएको छ। घर फिर्तीको माग गर्दै आएका शरणार्थीलाई निराश बनाउने काम भएको पूर्व सचिव सुब्बाले बताए।

भुटानीको नाममा नेपाली नागरिकलाई अमेरिका पठाउन रचिएको अपराधमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डेसँगै शरणार्थी नेता रिजाल काठमाडौं जिल्ला अदालतको आदेशमा जेल परेका छन्। भुटानसँग वार्ता गरेर घर फिर्तीको माग पुरा गर्ने आश्वासन दिएकाहरूको स्वार्थको नक्कली खेलमा परेका रिजाल समेत मुछिएको आरोप लागेको छ।

टेकनाथ रिजालले चेमगाङ जेलमा बिताएको त्यो अन्तिम रात, निर्वासन अध्याय -२९

निर्वासनका अघिल्ला अध्यायहरु

नेपालको जेलमा बन्दी बनेका Teknath Rizal टेकनाथ रिजालको निर्वासन अध्याय-२८

भुटानी शरणार्थी स्व.भम्पा : एक अडान अनेक प्रश्न, निर्वासन अध्याय-२७

मृत्युदण्ड दिन ल्याइएको भनेपछि…निर्वासन अध्याय-२६

टेकनाथ रिजालको निर्वासन अध्याय-२५

नेपालको बन्दी बनेका टेकनाथ रिजाल, १० वर्षको भुटानी जेल यातना निर्वासन अध्याय -२४

टेकनाथ रिजालको निर्वासन अध्याय-२३

भुटान दरबारको कोप-भाजनमा परेका Teknath Rizal को निर्वासन अध्याय-२२

टेकनाथ रिजालको निर्वासन अध्याय-२१

टेकनाथ रिजालको निर्वासन अध्याय-२०

हालै रिहा भएका भुटानी राजबन्दी मधुकरको नयाँ जीवनका लागि अपिल, निर्वासन अध्याय-१९

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१८

नेपाली भूमिमा भुटानी शासकको चङ्गुलमा टेकनाथ : निर्वासन अध्याय-१७

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१६

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१५

नक्कली शरणार्थी : कैफियत प्रतिवेदनमा बिहीबार सुनुवाइ,निर्वासन अध्याय १४

निर्वासन अध्याय- १३

निर्वासन अध्याय-१२

नक्कली शरणार्थी : उच्च अदालतमा टेकनाथको निवेदन, निर्वासन अध्याय-११

नक्कली शरणार्थी प्रकरणका १७ जना उच्च पुगे, एक्लो पारिए टेकनाथ : निर्वासन अध्याय-१०

टेकनाथसँगै जेल पर्‍यो शरणार्थी व्यवस्थापन मुद्दा : निर्वासन अध्याय – ९

रिजालसँग भेटेको मानवअधिकार टोलीलाई अभियानले दियो धन्यवाद, निर्वासन अध्याय-८ (भिडियो)

टेकनाथ रिजालको निर्वासन अध्याय-६ र ७

नक्कली शरणार्थी : सचिव टेकनारायणको जेल कथा, टेकनाथको निर्वासन अध्याय-५

भुटानमा भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका टेकनाथ रिजालको निर्वासन अध्याय-४

अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस् निर्वासन अध्याय-३

राजालाई अभिभावक मानेर सक्रिय हुन्थे टेकनाथ रिजाल : निर्वासन अध्याय-२ (भिडियो)

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading