टेकनाथको निर्वासन : अन्यायमा परेको महसुस गर्ने सबै असहाय

टेकनाथको निर्वासन : अन्यायमा परेको महसुस गर्ने सबै असहाय

काठमाडौं : ‘अब गुमाउन बाँकी के पो छ र?’ भुटानको जेलमा १० वर्ष बिताएका मानव अधिकारवादी नेता टेकनाथ रिजालले रिहा भए लगत्तै थिम्पुमै बसेर आफूलाई सक्रिय पार्ने कोसिसमा थिए।

ङालोड, सारछोप समुदायका कतिपय मानिस रिजालप्रति सहानुभूतिशील पनि देखिन्थे। अन्याय परेको महसुस गर्थे तर सबै विवश थिए, असहाय थिए। युगौँ देखि देशको सबै समुदाय मिलेर बसेको अनुभव मात्र थियो तर बदलिएको शासकीय दृष्टिकोणले यस बेला भने समुदाय विभाजित र सशङ्कित थियो।

एकान्तमा सबैले रिजालको अवस्थाप्रति चित्त दुखाउँथे तर राजदरबारको दृष्टिकोण र सरकारको व्यवहारका कारण चुप लाग्न बाध्य थिए। रिजाललाई सहानुभूति दर्साउने ठुलो जमात थिम्पुभित्र थियो। प्रायः यस्ता मानिस रिजालप्रति आशा राख्थे जो निम्न वर्गका थिए। ठुलाठालुहरू दरबारपट्टि छन्, सरकारपट्टि छन्। व्यक्तिगत स्वार्थ सत्तासँग गाँसिएका उनीहरू रिजालसँग तर्किने र तर्सिन्थे।

थिम्पु बसाइबारे सरकारको दृष्टिकोण अनुदार बनेको रिजालले आभास पाए। उनीहरूका लागि रिजालको बसाइँ गह्रुँगो भइरहेको थियो। ‘जेलबाट रिहाइ भएपछि थिम्पुमै बसेर आफ्ना क्रियाकलाप सञ्चालन गर्छु भन्ने सम्भवतः उनीहरूले सोचेका थिएनन्।

उनीहरू ठान्थे होलान्, दस वर्ष लामो यातनापूर्ण जेल बसाइपछि म भित्रदेखि नै टुक्रिसकेको छु, कमजोर र असहाय भएको छु त्यसैले म थिम्पु बस्दिन, तुरुन्त पलायन गर्छु र देश छाडेर हिँड्छु’रिजालले निर्वासन पुस्तकमा लेखेका छन्।

रिजालको भलो चिताउनेहरू असहाय थिए तिनले गर्न चाहेको सानोतिनो सहयोगले समस्या समाधान सम्भव थिएन। यस्तै दोधारमा दिन कट्दै थिए रिजालको। एक दिन गृहमन्त्रीले रिजाललाई उनको कार्यालयमा बोलाएर भने,‘तपाईँलाई शीघ्र थिम्पुबाहिर जानू भन्ने राजाको आदेश छ, आदेश पालना गर्नु भएन भने सुरक्षा कानुन अन्तर्गत तपाईँलाई गिरफ्तार गर्न पनि सकिनेछ।’

यो राजाको आदेश थियो वा गृहमन्त्री स्वयंको रिजालले जानेनन्। तर रिजालको थिम्पु बसाइबाट सरकार रुष्ट छ भन्ने यो स्पष्ट सङ्केत थियो।

रिजाल मूलतः एक जना राजनीतिक प्राणी थिएँ, राजकीय सल्लाहकार परिषद्को भूतपूर्व सदस्यका हैसियतले पनि कतिपय सभा सदस्य रिजालको सम्पर्कमा आउन सक्छन् र सरकारले चाहेभन्दा उल्टो वातावरण बन्न सक्छ भन्ने मनोविज्ञानले सरकारका मानिस ग्रस्त थिए।

निर्वासनका अघिल्ला अध्यायहरु

नेपालको जेलमा बन्दी बनेका Teknath Rizal टेकनाथ रिजालको निर्वासन अध्याय-३०

शरणार्थी शिविर बस्ती बनेपछि झसङ्ग भए भुटानी निर्वासन अध्याय -२९

नेपालको जेलमा बन्दी बनेका Teknath Rizal टेकनाथ रिजालको निर्वासन अध्याय-२८

भुटानी शरणार्थी स्व.भम्पा : एक अडान अनेक प्रश्न, निर्वासन अध्याय-२७

मृत्युदण्ड दिन ल्याइएको भनेपछि…निर्वासन अध्याय-२६

टेकनाथ रिजालको निर्वासन अध्याय-२५

नेपालको बन्दी बनेका टेकनाथ रिजाल, १० वर्षको भुटानी जेल यातना निर्वासन अध्याय -२४

टेकनाथ रिजालको निर्वासन अध्याय-२३

भुटान दरबारको कोप-भाजनमा परेका Teknath Rizal को निर्वासन अध्याय-२२

टेकनाथ रिजालको निर्वासन अध्याय-२१

टेकनाथ रिजालको निर्वासन अध्याय-२०

हालै रिहा भएका भुटानी राजबन्दी मधुकरको नयाँ जीवनका लागि अपिल, निर्वासन अध्याय-१९

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१८

नेपाली भूमिमा भुटानी शासकको चङ्गुलमा टेकनाथ : निर्वासन अध्याय-१७

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१६

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१५

नक्कली शरणार्थी : कैफियत प्रतिवेदनमा बिहीबार सुनुवाइ,निर्वासन अध्याय १४

निर्वासन अध्याय- १३

निर्वासन अध्याय-१२

नक्कली शरणार्थी : उच्च अदालतमा टेकनाथको निवेदन, निर्वासन अध्याय-११

नक्कली शरणार्थी प्रकरणका १७ जना उच्च पुगे, एक्लो पारिए टेकनाथ : निर्वासन अध्याय-१०

टेकनाथसँगै जेल पर्‍यो शरणार्थी व्यवस्थापन मुद्दा : निर्वासन अध्याय – ९

रिजालसँग भेटेको मानवअधिकार टोलीलाई अभियानले दियो धन्यवाद, निर्वासन अध्याय-८ (भिडियो)

टेकनाथ रिजालको निर्वासन अध्याय-६ र ७

नक्कली शरणार्थी : सचिव टेकनारायणको जेल कथा, टेकनाथको निर्वासन अध्याय-५

भुटानमा भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका टेकनाथ रिजालको निर्वासन अध्याय-४

अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस् निर्वासन अध्याय-३

राजालाई अभिभावक मानेर सक्रिय हुन्थे टेकनाथ रिजाल : निर्वासन अध्याय-२ (भिडियो)

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading