‘पौड्याललाई धम्की दिने व्यक्ति डिल्ली अधिकारीकै कर्मचारी’

‘पौड्याललाई धम्की दिने व्यक्ति डिल्ली अधिकारीकै कर्मचारी’

काठमाडौँ : भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौड्याललाई धम्की दिने व्यक्ति प्रशासनको निगरानीमा परेका छन्। अमेरिकामा बस्ने व्यक्तिले नेपालमा आएर पौड्याललाई धम्की दिएको पाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले धम्की दिने व्यक्तिको पहिचान भएको बताए। अमेरिकामा बस्ने गरेका ती व्यक्ति प्रशासनको निगरानीमा रहेको उनले बताए। ‘उहाँ (पौड्याल) लाई धम्की दिने व्यक्ति अमेरिका फर्किसकेको पाइएको छ,’उनले पहिचानसँग भने,‘ती व्यक्ति नेपाल आउँदा सूचना दिन भनेका छौ।’

भुटान पिपल्स पार्टीका अध्यक्ष पौड्यालले डिल्ली अधिकारको तर्फबाट उल्टै विज्ञप्ति सच्याउन दिएको धम्कीविरुद्ध प्रशासन कार्यालयमा उजुरी दिएका थिए।

पोखरेलले पौड्याललाई हाल कुनै सुरक्षा खतरा नरहेको बताए। ‘नेपालमा उहाँलाई कुनै खालको असुरक्षा छैन,’उनले भने,‘उहाँ प्रशासनसँगको नियमित सम्पर्कमै हुनुहुन्छ।’

भुटान पिपल्स पार्टीले केही दिनमा शरणार्थीहरूको मानव अधिकारबारे कार्यक्रम गर्ने तयारीमा रहेको आफूलाई जानकारी दिएको पनि प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।

भुटान पिपल्स पार्टीका अध्यक्ष पौड्याल सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए। उनले सुरक्षा माग गर्दै दिएको निवेदनबारे सोधखोज गरेका थिए। सिडिओ कार्यालयले गृह मन्त्रालयलाई पनि खबर गरेको जानकारी आफूले पाएको पौड्यालले बताए।

‘माफी’चाहिँ प्रकाशले मागेका कि डिल्लीले?

उनले धम्की दिने व्यक्ति हाल अमेरिकामा रहे पनि नेपाल फर्केर आउँदा कारबाही हुने विश्वास व्यक्त गरे। पौड्याललाई ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ कार्यक्रममा डिल्ली अधिकारीले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदा धम्की आएको थियो।

पौड्यालले विज्ञप्ति निकालेर ‘भुटानमा नेपाली समुदायको बसोबास सम्बन्धमा अभियन्ता अधिकारीले दिएको ऐतिहासिक तथ्य निराधार, तथ्यहीन, कपोलकल्पित र यथार्थभन्दा कोसौँ परको थियो, जसप्रति हामी खेद व्यक्त गर्दछौँ’ भनेका थिए।

विज्ञप्ति निकालेर आपत्ति जनाएका पौड्याललाई धम्की दिने व्यक्ति हाल अमेरिका रहेका भिमबहादुर बस्नेत रहेको स्रोतले बताएको छ। स्रोतका अनुसार बस्नेत डिल्ली अधिकारीका कर्मचारी हुन्।

अधिकारीको नाममा दिएको धम्कीको चौतर्फी आलोचना भएको थियो। अधिकारीले आफूले धम्की नदिएको र धम्की दिन नलगाएको दाबी सार्वजनिक गरे पनि धम्की दिने बस्नेत अधिकारीकै कारिन्दा भएको दाबी स्रोतले गरेको छ।

भुटान पिपल्स पार्टीका अध्यक्ष पौड्याललाई २३ वर्ष अघि बुढाथोकी हत्या प्रकृतिकै धम्की

स्रोतका अनुसार नेपालबाट अमेरिकामा पुनर्वास भएका अधिकारीको अध्यक्षतामा स्थापना भएको इन्स्ट्रा फाउन्डेसनले मेरो भ्वाइस युनिभर्समा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो दिन बालुवाटार पुग्दा धम्की दिने व्यक्ति सँगै थिए। अधिकारीले नै ती व्यक्तिलाई धम्की दिन लगाएको पुष्टि भएको दाबी स्रोतको छ।

डिल्लीले हालसम्म गल्ती स्वीकार गरेका छैनन्। भुटानी शरणार्थीहरूले माफी माग्नु पर्ने माग गरे पनि उनी टसको मस भएका छैनन्। भुटानको ऐतिहासिक तथ्य तोडमोड गरेर दिएको आफ्नो अभिव्यक्तिलाई अधिकारीले सानो कुरा भन्दै टारेका छन्।

‘मेरो भ्वाइस युनिभर्स’ मा विवादित अभिव्यक्ति, भुटानी शरणार्थीले जनाए आपत्ति

निर्वासनका अघिल्ला अध्यायहरु

भुटानको जेलबाट रिहा भएका टेकनाथलाई भेट्दा रोइरहिन कौशिला निर्वासन अध्याय-३२

टेकनाथको निर्वासन : अन्यायमा परेको महसुस गर्ने सबै असहाय, निर्वासन अध्याय-३१

नेपालको जेलमा बन्दी बनेका Teknath Rizal टेकनाथ रिजालको निर्वासन अध्याय-३०

शरणार्थी शिविर बस्ती बनेपछि झसङ्ग भए भुटानी निर्वासन अध्याय -२९

नेपालको जेलमा बन्दी बनेका Teknath Rizal टेकनाथ रिजालको निर्वासन अध्याय-२८

भुटानी शरणार्थी स्व.भम्पा : एक अडान अनेक प्रश्न, निर्वासन अध्याय-२७

मृत्युदण्ड दिन ल्याइएको भनेपछि…निर्वासन अध्याय-२६

टेकनाथ रिजालको निर्वासन अध्याय-२५

नेपालको बन्दी बनेका टेकनाथ रिजाल, १० वर्षको भुटानी जेल यातना निर्वासन अध्याय -२४

टेकनाथ रिजालको निर्वासन अध्याय-२३

भुटान दरबारको कोप-भाजनमा परेका Teknath Rizal को निर्वासन अध्याय-२२

टेकनाथ रिजालको निर्वासन अध्याय-२१

टेकनाथ रिजालको निर्वासन अध्याय-२०

हालै रिहा भएका भुटानी राजबन्दी मधुकरको नयाँ जीवनका लागि अपिल, निर्वासन अध्याय-१९

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१८

नेपाली भूमिमा भुटानी शासकको चङ्गुलमा टेकनाथ : निर्वासन अध्याय-१७

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१६

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१५

नक्कली शरणार्थी : कैफियत प्रतिवेदनमा बिहीबार सुनुवाइ,निर्वासन अध्याय १४

निर्वासन अध्याय- १३

निर्वासन अध्याय-१२

नक्कली शरणार्थी : उच्च अदालतमा टेकनाथको निवेदन, निर्वासन अध्याय-११

नक्कली शरणार्थी प्रकरणका १७ जना उच्च पुगे, एक्लो पारिए टेकनाथ : निर्वासन अध्याय-१०

टेकनाथसँगै जेल पर्‍यो शरणार्थी व्यवस्थापन मुद्दा : निर्वासन अध्याय – ९

रिजालसँग भेटेको मानवअधिकार टोलीलाई अभियानले दियो धन्यवाद, निर्वासन अध्याय-८ (भिडियो)

टेकनाथ रिजालको निर्वासन अध्याय-६ र ७

नक्कली शरणार्थी : सचिव टेकनारायणको जेल कथा, टेकनाथको निर्वासन अध्याय-५

भुटानमा भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका टेकनाथ रिजालको निर्वासन अध्याय-४

अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस् निर्वासन अध्याय-३

राजालाई अभिभावक मानेर सक्रिय हुन्थे टेकनाथ रिजाल : निर्वासन अध्याय-२ (भिडियो)

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading