समलैंगिकताको प्रमाण सङ्कलन गर्न जबरजस्ती ‘गुदा’ परीक्षण

समलैंगिकताको प्रमाण सङ्कलन गर्न जबरजस्ती ‘गुदा’ परीक्षण

एजेन्सी : युगान्डाको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआइक्यू) विरोधी कानुनले अधिकार हननको लहर निम्त्याउने अधिकारवादीहरूले आरोप लगाएका छन्।

युगान्डामा गत मे महिनामा एलजीबीटीआइक्यू विरोधी कानुन पारित भएपछि यो समुदायका व्यक्तिहरूमा भय एवं डर छाएको अधिकारवादी समूहको भनाई छ। ‘युगान्डाको सरकारले विश्वको सबैभन्दा कठोर समलिङ्गी विरोधी कानुन पारित गर्दा एलजीबीटीआइक्यू व्यक्तिहरूमाथि दुर्व्यवहारको बाढी आएको छ, जुन निजी व्यक्तिहरूबाट भएका छन्’ अधिकारवादी समूहहरूले भनेका छन्।

मे मा लागू गरिएको एन्टी–होमोसेक्सुआलिटी ऐन (एएचए) ले केही समलिङ्गी कार्यका लागि मृत्यु दण्डको व्यवस्था गरेको छ। जस अनुसार ‘उग्रसमलैंगिकता’ को गम्भीर अपराधका दुई सहित कम्तीमा छ जनालाई अभियोग लगाइएको छ।

भर्खरै सार्वजनिक कन्भेनिङ्ग फर इक्वालिटी (सिएफई) गठबन्धनको एक समितिद्वारा लिखित प्रतिवेदनमा यस वर्ष एलजीबीटीआइक्यू व्यक्तिहरूमाथि यातना, बलात्कार, गिरफ्तारी र बहिस्कार जस्ता मानवअधिकार हननका घटनाका अपराधीहरूमा निजी व्यक्तिहरूको संलग्नता देखिएको उल्लेख छ।

कानुन पारित हुनुअघि देखि नै व्यापक रूपमा होमोफोबिक वक्तव्य वाजीले एलजीबीटीआइक्यू समुदाय विरुद्ध जनतालाई कट्टरपन्थी बनाइदिएको पनि प्रतिवेदनले औँल्याएको छ। भीडको सहयोगमा भएका बढ्दो गिरफ्तारीहरू सामान्य बनेको छ।

युगान्डालाई एलजीबीटीआइक्यू विरोधी कानुनको भारी

जनवरी १ देखि अगस्ट ३१ को बीचमा, पीडितहरूको यौन झुकाव र लैङ्गिक पहिचानमा आधारित ३०६ वटा अधिकार उल्लङ्घनका घटना भएको पाइएको छ,जसमा २५ मामिलामा राज्यका अभिनेताहरू अपराधीका रूपमा रहेका अधिकारकर्मीहरूले बताएका छन्।

यसको विपरीत, २०२० र २०२१ को रिपोर्टमा ती वर्षहरूमा भएका अधिकार उल्लङ्घनको लगभग ७० प्रतिशत घटनाका लागि राज्यका अभिनेताहरू जिम्मेवार थिए भन्ने उल्लेख गरिएका थिए। प्रतिवेदनले सन् २०२२ को तुलनात्मक तथ्याङ्क दिएको छैन।

प्रतिवेदनमा टिपोट गरिएका मध्ये १८ वटा केसमा प्रहरीले हिरासतमा लिएका मानिसहरूको समलैंगिकताको प्रमाण सङ्कलन गर्न जबरजस्ती गुदा परीक्षण (एनलएक्जामिनेशन) गराएको उल्लेख गरिएको छ। प्रहरी प्रवक्ता फ्रेड एनान्गाले भने रोयटर्स समाचार एजेन्सीलाई रिपोर्ट नपढेकोले यसबारे केही टिप्पणी गर्न नसक्ने प्रतिक्रिया दिएका थिए।

‘एलजीबीटीआइक्यू मानिसहरूले अधिकार उल्लङ्घनको रिपोर्टिङमा सामना गर्ने कठिनाइहरूलाई ध्यानमा राख्दै, यो आँकडालाई पूर्ण मान्न नसकिने भन्दै अधिकारकर्मीहरूले कानुनद्वारा उत्पन्न भय र धम्कीको वातावरणले एलजिबिटिआइक्यू समुदायमा आत्महत्या गर्ने विचारहरू सहित मानसिक स्वास्थ्य अवस्थाका घटनाहरू बढेको छ’प्रतिवेदनमा भनिएको छ।

गत मे महिनामा लागू भएदेखि, एलजीबीटीआइक्यू विरोधी कानुनको विश्वभरबाट व्यापक निन्दा गरिएको छ। जुनमा, संयुक्त राज्य अमेरिकाले कानुनको प्रतिक्रियामा युगान्डाका अधिकारीहरूमाथि यात्रामा प्रतिबन्ध लगाएको थियो र विश्व बैङ्कले अगस्टमा युगान्डामा सञ्चालित परियोजनामा थप आर्थिक सहायता प्रदान नगर्ने घोषणा गर्दै सहायता रोकिरहेको छ।

सम्बन्धित समाचार

युगान्डामा समलिङ्गी विरोधी व्यवस्थाको विरोध, आर्थिक सहायता कटौती गर्ने बाइडेनको चेतावनी

युगान्डाको नयाँ कानुनले समलिङ्गीहरू त्रसित, एमनेस्टी इन्टरनेशनलको आपत्ति

क्याथोलिक चर्च सबैका लागि खुल्ला

‘समलिङ्गी हुँ’ भन्दा बाउआमाले झन्डै मारेनन्

बाबुले जिउँदैमा अन्तिम संस्कार सकाएकी गौरी सावन्तको कथा ‘ताली’

पारलिंगी महिलाको भेषमा यौन हिंसाको शृङ्खला : आजीवन कारावास

समलिङ्गी मुक्ति आन्दोलनको शृङ्खला–स्टोनवाल विद्रोह

पाकिस्तान–सिन्ध प्रान्त : ट्रान्सजेन्डर माथिको उत्पीडन र गिरफ्तारी रोक्न सुझाव

ट्रान्सजेन्डर अलिशाको यात्रा : सेक्सवर्कदेखी हेल्थवर्करसम्म

समलैङ्गिकतालाई अपराध बनाउने त्यो आँधी…

सर्वोच्चको फैसला कुर्दै भारतीय समलिङ्गी जोडी

दक्षिण कोरियामा समलिङ्गी जोडीको अधिकारलाई मान्यता

इटालीमा कानुनी अड्चन खेप्दै समलिङ्गी आमाबाबुका सन्तान

समलिङ्गी विवाहलाई वैधानिक बनाउने कानुनमा बाइडेनले गरे हस्ताक्षर

फरक महसुस गरेका बालबच्चालाई अभिभावकले कसरी मार्ग निर्देशन गर्ने?

बेलायत र युरोपमा समलिङ्गी सङ्क्रमित बढी, गे बारहरू र क्लबहरू अनुसन्धान गर्न ट्रेस

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading