अमेरिकी राजनीतिमा महत्त्वपूर्ण योगदान दिने लेस्बियन

अमेरिकी राजनीतिमा महत्त्वपूर्ण योगदान दिने लेस्बियन

एजेन्सी : लेस्बियन (समलिङ्गी महिला) हरूले अमेरिकामा ५० वर्षदेखि राजनीतिक इतिहास रच्दै आएका छन्। तिनीहरू धेरै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीक्यूप्लस) समुदायको अग्रदूत मध्येमा पर्दछन्।

कुनै पनि राजनीतिक कार्यालयका लागि निर्वाचित पहिलो एलजीबीटीक्यूप्लस व्यक्ति, अमेरिकी सिनेटर, पहिलो काला लेस्बियन सिनेटर सहित धेरै छन् जसले निर्वाचित र नियुक्त कार्यालयमा देखिने गरी महत्त्वपूर्ण योगदान दिएका छन्। उनीहरूमध्ये १३ जनाको बारेमा केही जानकारी यहाँ प्रस्तुत गरिएको छ।

क्याथी कोजाचेन्को

लेस्बियन क्याथी कोजाचेन्को अमेरिकाको राजनीतिक कार्यालयमा निर्वाचित एलजीबीटीक्यूप्लस समुदायको पहिलो सदस्य थिइन्, जसले अप्रिल १९७४ मा एन आर्बर, मिचमा सिटी काउन्सिलको सिट जितिन्।

लिबरल कलेज टाउन (मिसिगन विश्वविद्यालयको घर) मा दुई जना समलिङ्गी पुरुष (गे म्यान) काउन्सिलमा थिए। तर, उनीहरू निर्वाचित नभएसम्म बाहिर खुलेनन्। कोजाचेन्कोले एक/दुई वर्षको कार्यकाल मात्र सेवा गरिन्। तर उनी सधैँ एक अभियन्ता भइरहिन्।

राजनीतिक अभियानहरूमा स्वयंसेवकको रूपमा काम गरेकी उनले समलिङ्गी महिला र समलिङ्गी पुरुषको अधिकारको माग गर्दै सन् १९७९ मा वाशिंगटनमा मार्च आयोजना गर्न मद्दत गरिन्। सन् २०२१ म उनी एलजीबीटीक्यू भिक्टोरी इन्टिच्यूटको फर्स्ट हल अफ फेम क्लासमा नाम लेखाउन सफल भइन्।

इलेन नोबल

सन् १९७४ मा लेस्बियन इलेन नोबलले अर्को इतिहास रचिन्। बोस्टनका मतदाताहरूले म्यासाचुसेट्स हाउस अफ रिप्रिजेन्टेटिभमा पठाएसँगै उनी राज्य विधान सभामा निर्वाचित पहिलो उम्मेदवार बनिन्।

एक डेमोक्रेट उनलाई अर्को ग्राउन्ड ब्रेकर, बार्नी फ्रान्ककी बहिनी एन लुइसले कार्यालयको दौडमा होमिन प्रोत्साहित गरिन्, जो पहिले नै म्यासाचुसेट्स हाउसमा थिइन् तर सार्वजनिक भएकी थिइनन्।

नोबलले दुई कार्यकाल जिम्मेवारी निर्वाह गरिन् र सन् १९७७ मा उनी व्हाइट हाउस भ्रमण गर्ने पहिलो समलिङ्गी पुरुष र समलिङ्गी महिला प्रतिनिधिमण्डलको हिस्सा बन्न पुगिन्।

उनले पछि एलजीबीटीक्यू–समर्थक औषधि र मदिरा उपचार केन्द्र स्थापना गरिन्। यस्तै गरी स्कुलमा अध्यापन समेत गरेकी उनले आफ्नो अचल सम्पत्ति बेचेर डेमोक्रेटिक राजनीतिमा स्वइच्छाले स्वयंसेवकको रूपमा काम गरिन्।

रोबर्टा अक्टेनबर्ग

रोबर्टा अक्टेनबर्गले होमोफोबिक अमेरिकी सिनेटर जेसी हेल्म्सको क्रोध र अपहेलनाको सामना गर्दै सिनेटद्वारा पुष्टि गरिएको राष्ट्रपति पदको उम्मेदवार नियुक्तिको गौरव हासिल गरिन्।

सान फ्रान्सिस्को बोर्ड अफ सुपरभाइजर्सका पूर्व सदस्य, अक्टेनबर्गलाई राष्ट्रपति बिल क्लिन्टनले आवास र सहरी विकासको सहायक सचिवका रूपमा मनोनीत गरेका थिए। हेल्म्सले ‘ड्याम लेस्बियन’भनी अपहेलना गर्दै उनलाई पुरुष स्काउट्स विरुद्ध प्रतिशोध साँधेको आरोप समेत लगाइन्।

उनी समूह समावेशी होस् भन्ने चाहन्थिन्। तर सिनेटले सन् १९९३ मा ५८–३१ मतद्वारा उनलाई हटाइ दियो। त्यसपछि अक्टेनबर्गले अमेरिकी नागरिक अधिकार आयोगमा काम गरिन्।

टँमी बाल्डविन

सन् १९६२ फेब्रुअरी ११ मा जन्मिएकी टँमी बाल्डविनले राजनीतिक करियर आफ्नो जन्म स्थान विस्कन्सिनबाट सुरु गरेकी थिइन्। राजनीतिकर्मी र अधिवक्ता समेत रहेकी टँमीले सन् १९८६ मा म्याडिसन कमन काउन्सिलमा सेवा गरिन्।

त्यसपछि डेन काउन्टी बोर्ड अफ सुपरभाइजर्समा चार कार्यकालका लागि निर्वाचित भएकी उनी १९९२ मा विस्कॉन्सिन राज्य सभामा निर्वाचित भइन र १९९८ मा, विस्कॉन्सिनले लेस्बियन(समलिङ्गी महिला) विधायकलाई कंग्रेसको पहिलो सदस्यको रूपमा वासिङ्टन पठायो।

उनले अमेरिकी सदनमा सात कार्यकाल सेवा गरिन् र त्यसपछि, २०१२ मा, राष्ट्रको पहिलो बाहिरी अमेरिकी सिनेटर निर्वाचित भइन्।

टँमी अझै पनि सिनेटमा छिन् र विवाहका लागि समान ऐन लगायत एलजीबीटीक्यूप्लस समानताको वकालत गरिरहेकी छिन्। उक्त कानुनमा राष्ट्रपति जो बाइडेनले गत वर्ष हस्ताक्षर गरेका थिए।

एनिज पार्कर

सन् २०१० मा एनिज पार्कर ह्युस्टन (चौथो ठुलो सहर) को मेयर निर्वाचित भइन्, जसले उनलाई शीर्ष १० अमेरिकी सहरको पहिलो आउट मेयर बनायो।

एक समलिङ्गी महिला पार्करले त्यसअघि पेट्रोल र ग्यास उद्योग, ह्युस्टनसिटी काउन्सिल र सिटी काउन्सिलमा काम गरिसकेकी थिइन्। मेयरको रूपमा तीन कार्यकालमा उनले एलजीबीटीक्यू–समावेशी नागरिक अधिकार अध्यादेश पारित गर्न मद्दत गरेकी थिइन्।

तर यो अध्यादेश मतदानबाट अस्वीकृत भयो। उनी एलजीबीटीक्यू भिक्टोरी फन्ड र भिक्टोरी इन्स्टिच्युटको अध्यक्ष र सिइयो समेत बनिन्।

दाना नेसल


दाना नेसल सन् २०१८ मा मिसीगणको महान्यायाधिवक्तामा निर्वाचित भएकी थिइन्, जसबाट उनी पहिलो बाहिरी राज्य अधिकारी बनिन् र सन् २०२२ मा पुनः निर्वाचित भइन्।

उनले एजीको रूपमा एलजीबीटीक्यूप्लस व्यक्ति र अन्य सीमान्तकृत समुदायको अधिकारका लागि लडेकी छिन्। व्यक्तिगत अभ्यासमा एक वकिलको रूपमा, उनले डेबोर बनाम स्नाइडरलाई ह्यान्डल गरिन्, जसमा एक मिसिगन लेस्बियन जोडीले समलिङ्गी विवाहमाथि राज्यको प्रतिबन्धलाई चुनौती दिएका थिए।

अन्ततः उक्त मुद्दामाथि सुनुवाइ भएपछि सन् २०१५ मा सुप्रीम कोर्टले वैवाहिक समानताको फैसला सुनाएको थियो।

एन्जीई क्रेग

एन्जीई क्रेग सन् २०१८ मा मिनेसोटाको दोस्रो कंग्रेस नल डिस्ट्रिक्टबाट हाउस अफ रिप्रेजेन्टेटिभ अमेरिकामा निर्वाचित भइन्। उनी दुई पटक निर्वाचित भइन्। उनले कंग्रेसमा पहिलो समलिङ्गी पत्नी र आमा हुने गौरव समेत प्राप्त गरिन्। उनी र उनका साथी चेरिल ग्रिनका चार छोरा छन्।

गत फेब्रुअरीमा, क्रेगमाथि उनको डिसी अपार्टमेन्ट भवनको एक लिफ्टमा आक्रमण समेत भयो तर आक्रमणकारीलाई तातो कफी फ्याँकेर उनले आफूलाई बचाइन्। उनले एलजीबीटीक्यूप्लस अधिकार र अन्य प्रगतिशील कार्यहरूको लागि लड्ने सङ्कल्प बोकेकी छिन्।

शारिस डेभिड्स

शारिस डेभिड्स कंग्रेसमा निर्वाचित पहिलो दुई मूलकी अमेरिकी महिला र पहिलो पुरुष समलिङ्गी हुन्। २०१८ मा पहिलो पटक निर्वाचित (चार पटक रिपब्लिकनलाई हराउन सफल) र २०२० र २०२२ मा पुनः निर्वाचित, उनी यूएस हाउसमा कान्सास जिल्लाको प्रतिनिधित्व गर्दछिन्।

करिन जिन–पियरे

एक लेस्बियन र लामो समय देखिको अभियानकर्ता, करिन जिन–पीयरे, गत मे महिनामा पहिलो अफ्रिकी अमेरिकी र आउट एलजीबीटीक्यूप्लस व्यक्ति ह्वाइट हाउसको प्रेस सचिव बनिन्।

उनी ह्वाइट हाउसको प्रिन्सिपल डेपुटी ह्वाइट हाउस प्रेस सेक्रेटरी थिइन्। एमएसएनबीसीको कामको लागि जेन साकीले छोड्दा उनी शीर्ष पदमा थिइन्।

जिन–पियरेले राष्ट्रपति बाइडेनका कार्यक्रमहरूलाई विस्तार गर्नुका साथै समलैंगिकता र ट्रान्सफोबियाको विरुद्ध बोल्न आफ्नो पदको उपयोग गरेकी छिन्।

पछिल्लो एक प्रेस ब्रिफिङमा, उनले राजनीतिज्ञहरूले ड्र्याग प्रदर्शनमा प्रतिबन्ध लगाउन या प्रतिबन्धित गर्न माग गर्नु निकै हास्यास्पद भएको पनि बताएकी छिन्।

बेका ब्यालिन्ट

गत नोभेम्बरको चुनावमा, बेका ब्यालिन्ट अमेरिकी सदनमा भर्मोन्टको एक मात्र सिटमा निर्वाचित भइन्। उनी कांग्रेसमा राज्यको प्रतिनिधित्व गर्ने पहिलो महिला र एलजीबीटीक्यूप्लस व्यक्ति बनिन्।

बेकाको जिल्लाले पूरै राज्यलाई समेटेको हुनाले, उनी भर्मोन्टका पहिलो दुई राज्य व्यापी अधिकारीहरू मध्ये एक भइन्। समलिङ्गी व्यक्तिमा इकलपिसियाक गत नोभेम्बरमा राज्य कोषाध्यक्षमा निर्वाचित भएका थिए। ब्यालिन्ट एक लेस्बियन, पहिले भर्मोन्ट राज्य विधायक थिए।

माउरा हेली

सन् २०२२ मा देशका पहिलो दुई समलिङ्गी राज्यपालको चुनाव भयो। माउरा हेली म्यासाचुसेट्समा सजिलै निर्वाचित भइन्, जहाँ उनी राज्यको पहिलो महिला गभर्नर पनि हुन्। त्यसअघि २०१४ मा इतिहास रच्दै राज्यको एटर्नी जनरलको रूपमा चुनिने पहिलो एलजीबीटीक्यूप्लस व्यक्ति बनिन्।

एजीको रूपमा, उनले विवाह रक्षा ऐन माथि पहिलो चुनौती बोकिन्। गभर्नरको रूपमा आफ्नो उद्घाटन सम्बोधनमा, उनले ‘हामीले जे गर्छौँ त्यसमा इक्विटीलाई केन्द्रित गर्नु पर्छ। म मेरो प्रशासनमा प्रत्येक एजेन्सीलाई पूर्ण इक्विटी लेखा परीक्षण गर्न निर्देशन दिनेछु। म्यासाचुसेट्सलाई प्रत्येक प्रणालीगत अवरोधहरूमा प्रकाश छर्ने ठाउँ बन्न दिनुहोस्’भनेकी थिइन्।

टिना कोटेक

ओरेगोनियनहरूले २०२२ मा आफ्नो गभर्नरको रूपमा टिना कोटेकलाई छनोट गरे। उनी कठिन तीन–तर्फी दौडमा विजय प्राप्त गर्न सफल भइन्। उनी पहिले एक राज्य विधायक थिइन् र ओरेगनको हाउस स्पिकर हुने एलजीबीटीक्यूप्लस समुदायको पहिलो सदस्य थिइन्।

आफ्नो उद्घाटन सम्बोधनमा, टिनाले ओरेगनको घरबार विहीनता, सहज आवासको अभाव, र व्यवहारिक स्वास्थ्य सेवामा पहुँचको आवश्यकता जस्ता सबैभन्दा ठुला समस्याहरूको सामना गर्ने बाचा गरिन्।

‘हामी पूर्ण नहुन सक्छौँ तर हामी हरेक वर्ष सुधार गर्नेछौँ, ताकी, ओरेगोनियनहरूले राज्य सरकार उनीहरूको लागि थियो भनेर गर्वका साथ भन्न सकुन्’उनले भनिन्।

लाफोन्जा बटलर

लाफोन्जा रोमानिक बटलर क्यालिफोर्नियाबाट अमेरिकी सिनेटर पदमा नियुक्त हुने पहिलो एलजीबीटीक्यूप्लस व्यक्ति हुन्। काला लेस्बियन उनलाई क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले गत सेप्टेम्बर २९ मा ९० वर्षको उमेरमा निधन भएकी सिनेटमा सबैभन्दा लामो समय सेवा गर्ने महिला फिन्सटाइनको ठाउँमा नियुक्त गरेका हुन्। लाफोन्जा तेस्रो काला महिला सिनेटर हुन्।

लाफोन्जा अमेरिकन पोलिटिकल एक्सन कमिटी EMILY’s List को अध्यक्ष थिइन। इमिलिजलिस्टको नेतृत्व गर्ने पहिलो काला महिला लाफोन्जा सार्वजनिक नीति र अभियानको निर्देशक, राजनीतिक परामर्श फर्म एससीआरबीको साझेदार पनि भइन्।

अमेरिकी सिनेटमा पहिलो लेस्बियन लाफोन्जा

उपराष्ट्रपति कमला ह्यारिसको सन् २०२० को राष्ट्रपति पदको अभियानका लागि वरिष्ठ सल्लाहकार रहेकी लाफोन्जाले त्यसअघि क्यालिफोर्नियामा हिलारी क्लिन्टनको राष्ट्रपति अभियानका वरिष्ठ सल्लाहकारको रूपमा पनि काम गरिन्।

३० वर्षको उमेरमा घरेलु देख भाल श्रमिकहरूका लागि क्यालिफोर्नियाको सबैभन्दा ठुलो युनियन सर्भिस इम्प्लोइज इन्टरनेश्नलको अध्यक्षमा निर्वाचित भएकी उनी त्यस सङ्गठनको नेतृत्व गर्ने सबैभन्दा कान्छो व्यक्ति हुन्। युनिभर्सिटी अफ क्यालिफोर्निया बोर्ड अफ रिजेन्ट्स, बाल रक्षा कोष र ब्ल्याक पिएससीको निर्देशक बोर्डको सदस्य भइन्। उनी म्याग्नोलिया, मिसमा हुर्केकी थिइन् र ज्याक्सन स्टेट युनिभर्सिटीमा भर्ना भइन्, जुन राष्ट्रको प्रमुख ऐतिहासिक रूपमा काला विश्वविद्यालयहरू मध्ये एक हो।

यो सामग्री एडभोकेटबाट अनुवाद गरिएको हो।

थप अन्तराष्ट्रिय सम्बन्धित समाचारहरु

कला, बोटबिरुवा र फङ्गसमा विविधताको उत्सव

समलैंगिकताको प्रमाण सङ्कलन गर्न जबरजस्ती ‘गुदा’ परीक्षण

युगान्डालाई एलजीबीटीआइक्यू विरोधी कानुनको भारी

युगान्डामा समलिङ्गी विरोधी व्यवस्थाको विरोध, आर्थिक सहायता कटौती गर्ने बाइडेनको चेतावनी

युगान्डाको नयाँ कानुनले समलिङ्गीहरू त्रसित, एमनेस्टी इन्टरनेशनलको आपत्ति

क्याथोलिक चर्च सबैका लागि खुल्ला

‘समलिङ्गी हुँ’ भन्दा बाउआमाले झन्डै मारेनन्

बाबुले जिउँदैमा अन्तिम संस्कार सकाएकी गौरी सावन्तको कथा ‘ताली’

पारलिंगी महिलाको भेषमा यौन हिंसाको शृङ्खला : आजीवन कारावास

समलिङ्गी मुक्ति आन्दोलनको शृङ्खला–स्टोनवाल विद्रोह

पाकिस्तान–सिन्ध प्रान्त : ट्रान्सजेन्डर माथिको उत्पीडन र गिरफ्तारी रोक्न सुझाव

ट्रान्सजेन्डर अलिशाको यात्रा : सेक्सवर्कदेखी हेल्थवर्करसम्म

समलैङ्गिकतालाई अपराध बनाउने त्यो आँधी…

सर्वोच्चको फैसला कुर्दै भारतीय समलिङ्गी जोडी

दक्षिण कोरियामा समलिङ्गी जोडीको अधिकारलाई मान्यता

इटालीमा कानुनी अड्चन खेप्दै समलिङ्गी आमाबाबुका सन्तान

समलिङ्गी विवाहलाई वैधानिक बनाउने कानुनमा बाइडेनले गरे हस्ताक्षर

फरक महसुस गरेका बालबच्चालाई अभिभावकले कसरी मार्ग निर्देशन गर्ने?

बेलायत र युरोपमा समलिङ्गी सङ्क्रमित बढी, गे बारहरू र क्लबहरू अनुसन्धान गर्न ट्रेस

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading