भूमिका खोज्दै भूमिका

  • नरेश फूयाल – 

स्टेजमा उक्ल‘दा उनको गह टिलपिल थियो । आशु पोखिनै लागेको । मन भक्कानिएको थियो । रोइदिउँ जस्तो नलागेको पनि होइन उनलाई । तर, मन थामिन् । रोइनन् । भनिन् “मलाई रुन मन लागिरहेको छ । तर म रुन्न । म आत्मविश्वास स‘गालेर तपाईहरूस‘ग बोल्छु ।” प्रसङ्ग हो, नइ पुरस्कार वितरण समारोहमा भूमिका श्रेष्ठले पुरस्कार थाप्दै गर्दाको दृश्यको । यौनिक, लैङ्गिक तथा अल्पसंख्यक समुदाय अर्थात् समलिङ्गी, तेस्रोलिङ्गीको हक–अधिकारका लागी झण्डै एक दशकदेखि संघर्षरत उनले २० हजार धनराशी रहेको यस वर्षको नइ रामलक्ष्मी पुरस्कार ग्रहण गर्दै गर्दाको छोटो क्षणमा आफ्नो विगत सम्झिन् । सम्झिन मन थिएन । तर आफै आइदिए । एकपछि अर्को । स्मृतिका पानाहरू पल्टिदै गए । पल्टिदै गए ।

“मलाई लागेको थियो, म पनि अरु भन्दा कम छैन । अरुलाई जस्तै पढ्न आउछ, पढ्दैछु । कम राम्रो पनि छैन । उमेर फुल्दै जॉदा अझै राम्रो हुन्छु । के कमी छ र ? सब ठीक छ ।” उनले विगत सम्झिइन् । समय न हो घर्किंदै गयो । उमेर बढ्दै गयो । लालि रङ्ग छ.चढ्ने बेला आउदै गयो । चढ्दो उमेरसागै उनमा क्रमश: परिवर्तन आउदै गयो । उमेरसंगै आउने परिवर्तन उनमा अलि भिन्न भएर आइदियो । छोरो भएर जन्मिएकी उनी छोरी बन्दै गईन । लेडिज मेकअप गर्न मन पर्‍यो । लुगा पनि त्यस्तै लगाउन मन लाग्यो । जे मन लाग्यो त्यही गरिन् उनले । रोकिनन् उनले विधीको विधानलाई । हुन त सक्दिनथिन् पनि । अवाज केटाको जस्तै भयो । ठूलो, मोटो अरुअरुले भने अनुसार,धोद्रो ।

चिन्ने जान्नेहरूले उनलाई तेस्रोलिङ्गी भन्न थाले । हेयले हेरे । कतिले मुख खोलेरै तिरस्कार गरे । हाकाहाकी नसक्नेले कानेखुसी गरे । उनले भन्दै गईन, “स्कुलले निकालिदियो । मैले पढ्न पाइन ।” औपचारिक शिक्षामा तारबार लाग्यो । मन रोयो । भावनामा चोट लाग्यो । अन्धकारले छोप्यो । जीवन बोझ लाग्न थाल्यो । त्यसै त्यसै बॉच्ने रहर पुगेर आयो । मरु जस्तो लाग्यो ।

मन हार्दै गयो । जिउ थाकेको अनुभुती भयो । बाटो खोज्दा भुले जस्तो होइन, हराए जस्तो पनि लागेन । टुङ्गिएजस्तो लाग्यो । सम्झायो उनलाई परिवारले । बुझाए शुभचिन्तकहरूले । हार्न होइन, जित्न जन्मिएको भन्दै हौस्याए । “खै किन हो ? म हौसिए । खोज्न थाले बाटाहरू र भविश्य ।” उनी खुल्दै गइन् , उघ्रिदै गईन् । “मैले तपाईहरूले जस्तो चौवाटो त पाइन । तर, एउटा बाटो चॉही भेट्टाए‘ । निलहीरा समाज । त्यसमा म आवद्ध भए ।

त्यसपछि म एक्लो छुइन रहेछु । हामी धेरै रहेछौं भन्ने लाग्यो । केही सान्त्वना मिल्यो । जीवन जिउने रहर त्यसैत्यसै पलाएर आयो । थाहा छैन । कहॉबाट हो अदृश्य शक्ती शरीरमा छिरे जस्तो लाग्यो । त्यसपछि आज पर्यन्त आफ्नो भूमिका खोजी रहेको छु । उनी भन्छिन् , केही गरे जस्तो पनि लाग्छ । तर, त्यो भन्दा बढी पाए जस्तो लाग्छ । तर, अझै धेरै गर्न बॉकी छ । हेरॉै के कति गर्न सक्छु ? त्यो भविश्यले बताउला ।”

अहिले सम्मानको एक शब्द खर्चिएर क्या वात † भन्नेहरू ऊ बेला धत् † भन्थे “थुक्थे, गिज्याउ‘थे । म एकान्त खोजीखोजी रुन्थें । घर बाहिर निस्कन मन लाग्दैन थियो । बाहिर निस्क‘दा अपराध गरे जस्तो लाग्थ्यो ।” उनले आफैंले आफंैलाई प्रश्न गर्थीन् किन बॉचिरहेको छु म ? यो प्रश्नले उनलाई निरन्तर लखेटिरहन्थ्यो । दिनमा विपनामा । रातमा सपनामा ।

उनी बिगतबाट बर्तमानमा फर्किइन र भनिन् “आम मान्छे नभएर त के भयो ? म पनि तपाइहरू जस्तै ईश्वरको वरदान हुा । यो मेरो पहिचान हो ।” सुरुमा तेस्रोलिङ्गी भएकोमा आफंैलाई हिनतावोध हुने गरेपनि त्यो अहिले पुरै हटेर गएको भूमिकाले सुनाइन् । उनले भनिन्, “बरु हामीलाई स्वीकार्न नसक्ने समाजदेखी मलाई दया लाग्छ । मान्छेको चेतनास्तर देखेर लाज लाग्छ । प्रकृतिको बिभिन्नताको बरदानलाई अस्वीकार गर्न खोजेर पहरालाई कुइनाले भत्काउ‘छु भन्नेहरू देख्दा अनौठो लाग्छ ।”

भूमिकाको जन्म २०४४ साल पुस २७ काठमाडौमा भएको थियो । कम्मरभन्दा माथि नारी देखिने भूमिका जन्म‘दा केटो भए पनि उमेर बढ्दै गएपछि क्रमश : केटी हुन थालिन् । आफुबारे गरिने अनर्गल प्रचारप्रति उनी सन्तुष्ट छैनन् । “कसैले केटो, कसैले केटी अनि कोहीले चॉहि आधा केटो र आधा केटी भनेर हल्ला गर्ने गरेपनि म केटी हु‘ । ममा केटीको विहेव छ र केटाप्रति आकर्षण छ भने म किन केटी हैन ?”उनले प्रश्न गरिन् । यद्यपी म तेस्रोलिङ्गी हुा । यसमा मैले लुकाउनु पर्ने केहि छैन । यो मेरो पहिचान हो ।

कुमार श्रेष्ठ र नूमाया श्रेष्ठकी सन्तान उनले कैलाश श्रेष्ठका नाउँमा नागरिकताको प्रमाणपत्र र सवारीचालक प्रमाणपत्र लिएकी छन् । तेस्रोलिङ्गी भएकै अभियोगमा एसएलसी परीक्षा दिनबाट वञ्चित भूमिकाले औपचारिक शिक्षा एसएलसी भन्दा धेरै लिन नपाएपनि घरको आर्थिक र अन्य व्यवहार उनैले सम्हाल्दै आएकी छिन् । उनलाई नेपालीका अलवा अंग्रेजी र हिन्दी पनि राम्रोसंग बोल्न आउ‘छ ।

“हाइवे” चलचित्रमा छोटो अभिनय गरेकी भूमिका श्रेष्ठले मोडलको रुपमा पनि आफ्नो परिचय बनाइसकेकी छिन् । युवा मानवअधिकार रक्षकका निम्ति नेपालको उपाध्यक्ष भइसकेकी उनी अहिले निलहीरा समाजको मानवअधिकार विभाग प्रमुखको जिम्मेवारी सम्हालीरहेकी छिन् । भुमिकाले केहि समय टेलीभिजन र एफएम रेडीयोमा कार्यक्रम समेत सञ्चालन गर्न भ्याईन् । हाल उनी नेपाली कांग्रेसको काठमाडौं जिल्ला महाधिवेशन प्रतिनिधि हुन् । समाजको कामकै सिलसिलामा उनले अमेरिका, भारत, फिलिपिन्स, थाइल्यान्ड र बङ्गलादेशको भ्रमण गरिसकेकी छिन् ।

सन् २००७ मा तेस्रोलिङ्गी सुन्दरीको ताज पहिरन सफल भूमिकाले क्रमश: सफलता हात पार्दै गएकी छिन् । गत शनिबार नइ रामलक्ष्मी पुरस्कारबाट सम्मानित भएकी छिन् । प्रा.डा. रामप्रसाद उप्रेती र उनकी पत्नी लक्ष्मी उप्रेतीका नाउँमा स्थापित नगद २० हजार रुपियाँ राशीको “रामलक्ष्मी पुरस्कार“ हरेक वर्ष एकजना प्रतिभाशाली तेस्रोलिङ्गीलाई प्रदान गरिन्छ । उक्त पुरस्कार यसअघि निलहीरा समाजका सस्थापक अध्यक्ष सुनिलबावु पन्त (२०१०), अध्यक्ष पिङ्की गुरुङ (२०११) र उपाध्यक्ष मनिशा ढकाल (२०१२) लाई प्रदान गरिएको थियो ।

उनलाई तेस्रोलिङ्गी भएकोमा पश्चाताप छैन । तर उनी आफुहरूले रगत र पसिनाले खडा गरेको निलहीरा समाज नवीकरण नगरिदिने जिल्ला प्रशासन कार्यलयको व्यवहार देखेर आश्चर्य लागेको भन्दै आक्रोश पोख्छिन् । उनी प्रश्न गर्छिन्, “सरकारले हाम्रो पहिचान मार्न खोजिरहेको छ । तर के समाजको नवीकरण नगरिदिंदैमा हाम्रो पहिचान मर्छ र ?” सरकारलाई उनले आग्रह गरिन् “हामीलाई हाम्रो पहिचानका लागी सुरु गरेको भुमिका निभाउन दिनुहोस् ।”

[email protected]