जव प्रेम गरेको सबैलाई थाहा भयो – बसन्ती भइन् आफ्नै बाबुबाट घरनिकाला


रमेश वाग्ले/पहिचान – कैलालीकी बसन्ती कडायत प्रेम गरेकै कारण घरबाट निकालिएकी छन्। सुरुमा बसन्तिको प्रेमलाई स्वीकार गरेका दुबै परिवार एकाएक तात्तिए, आफ्नै सन्तानलाई मार्ने प्रयत्न गरे, आत्तिए, अनि भयो बसन्तीको ( घर निकाला। अहिले बसन्ति घरबाट निस्कासित छन् अनि उनकी प्रेमिका घरैमा बन्धक। बसन्ति प्रश्न गर्छिन् –के प्रेम गर्नु अपराध हो ?
……………………
बसन्ति कडायत एक अन्तरलिंगी हुन्। जन्मदै यौनाङ्ग अस्पस्ट भएपछि परिवारले बसन्ती नाम दियो र छोरीका रुपमा उनलाई हुर्कायो। साथिहरुसँग विद्यालय पढ्न थालेपछि उनले अरु साथिहरु भन्दा आफूलाई फरक पाइन्। साथिहरुभन्दा फकर हुँदा जीवन नैं कस्तो कस्तो लागिरहन्थ्यो उनलाई।
उनलाई परिवारले छोरी भनेर हुर्काएका कारण उनको लवाइ-खवाई पनि छोरीको नै थियो। तर बसन्ती जव किशोरावस्था प्रवेश गरिन् उनका स्वभाव केटिहरुसँग मिल्न छोड्दै गए। उनी आफूलाई शाहसिक काम गर्न रुचाउने। एउटा केटाले जस्तै केटीहरुलाई सेभु गर्ने तर साथी देखि प्रतिस्पर्धीसम्म केटाहरुलाई नैं देख्न थालिन्। त्यतिवेला उनलाई आफै देखि दिक्क लाग्थ्यो।

दिक्क के मानेमा लाग्थ्यो भने उनी त्यस बेलासम्म आफूलाई केटी नै सोच्थिन र आफू केटीजस्तो नभएकोमा उनलाई कस्तो कस्तो अनुभूत हुन्थ्यो। भन्छिन्, ‘मलाई केटीहरुले त शाहसी केटीका रुपमा सम्मान नै दिन्थे, सम्मानले उत्साहित भए पनि म सन्तुष्ट हुन सकिरहेकी हुन्न थिए। किन सन्तुष्ट हुन्नथे कारण मलाई थाहा थिएन।’


किशोरावस्था देखि नै छिमेककी केटी साथी उनीसँग अत्यन्तै नजिक थिइन्। एउटा मिल्ने साथी अरु भन्दा किन पनि खास थिइन् भने बसन्ति जहाँ गयो उनलाई त्यही जानु पर्ने घरमा जाँदा बाहेक प्रत्येक ठाउँमा सँगै जान चाहने सकेसम्म खाना पनि सँगै खान रुचाउने।

‘म पनि उनको घरमा जान्थे, घरमा सबैले सम्मानपूर्वक राख्ने, खाना सँगै दिने, कतै जाँदा साथि मलाई नै पठाउँने,’ बसन्ती सम्झन्छिन्, ‘हामी वास्तवमै भगवानले बनाएर पठाएका साथि सोच्थ्यौ एक अर्कालाई। हामी भेटेपछि पुग्थ्यो। खुशी हुन अर्को कुनै कारण नै नचाहीने।’
उनी विगत सम्झन्छिन एकदिन बजारबाट फर्कदै गर्दा साथिले ‘साथिभन्दा माथि’ भएको बताइन्।
‘म तिमीलाई माया गर्छु, माया मात्र हैन म सारा जीवन तिमीसँगै काट्न चाहन्छु, प्रेमिकाको प्रस्तावबारे बसन्तीले भनिन्, ‘अध्यारो भइसकेको थियो। तर मलाई कता कता उज्यालो लाग्यो तर, फेरी साविक अध्यारो फर्कियो।’ कारण म त एउटा पुरुष हैन के खुशी पार्न सकुला उनलाई ?’ उनले आफूभित्र प्रश्न खेलाईरहिन्। साथीले प्रेमिका बन्ने प्रस्ताव राखेपछि प्रेमिकाको व्यवहार पनि देखिने गरि सुरु गरिन्। तर उनले एक दिन हिम्मत जुटाइन् र उनलाई भन्ने निधो गरिन्।

……………………..
बसन्ति धनगढीमा रहेको धनगढी मल्टि स्किल इन्स्टिच्युट अप टेक्नोलोजीमा सिटिइभिटीको जेटिए भर्ना भइन्। भर्ना भएर जव उनले पास गर्ने समय आयो –प्रक्रिया नपुर्याइ संचालन गरिएको धनगढी मल्टि स्किल इन्सीच्युट अप टेक्नोलोजी प्रालीका संचालनक वेपत्ता भए।

बसन्तीजस्तै धेरै साथिहरुको विचल्लि भयो। उनको एसएसलसी पछिको पढाई बालुवामा पानी जस्तै बिलायो।

आफ्नै जीवनदेखि फरक अनुभूत गरेर आफैभित्र हराउने बसन्ती निराश अवस्थामा थिइन्। ‘म निराश/निराश थिए। जव काठमाडौंबाट नील हिरा समाजको उत्पादन र पहिचान मिडियाको वितरणमा प्रशारण हुने कार्यक्रम पहिचान रेडियोमा सुने। मलाई केही आशा पलाएको अनुभूति भयो, रेडियोमा आउने कार्यक्रममा बोल्ने मान्छेहरुको आवाज समेत जहाँ सुने पनि चिन्ने भए। त्यसपछि बल्ल म आफूबारे बुझ्ने बाटोतर्फ अग्रसर भए।’

…………………..
आफ्नै छिमेककी साथी प्रेमिका भएपछि मैले आफू अन्तरलंगी भएको कुरा बताए। उनले आफूलाई ‘बाँकी केही कुरा मतलव नभएको भन्दै प्रेम गर्ने विषयमा कुनै वाहना नबनाउन’ आग्रह गरिन्।

‘हामी एक अर्काप्रति प्रेम खुलेरै हुन थाल्यो। उनको परिवारले मलाई ज्वाई भन्न थाले। हाम्रो परिवारमा उनलाई बुहारी भन्न थाले। हामी दुबैजना खुशीको जीवन बाच्न थाल्यौ,’ बसन्तीले भनिन्।

२०७३ माघ मिहिनादेखि बसन्तीको जीवनमा अर्को खुशी थपियो। उनी नील हिरा समाजले खोलेको नयाँ शाखा डोटी जिल्लामा सुपरभाइजर भएर जाने भइन्। सुदुरपश्चिम समाजमा भोलेन्टिएर भएर काम गरिरहेकी बसन्ती डोटीमा सुपरभाइजर भएर तलव सुविधासहित जान पाउनु उनका लागि कम खुशीको कुरा थिएन।

उनीसँगै उनकी प्रेमिका पनि डोटी जाने भइन्। ‘मैले नलाने भन्दै जिद्दि कसे। तर, उनकै परिवारले पनि जान अनुमति दिए पछि मैले प्रेमिकालाई पनि लिएर डोटी गए,’ बसन्ती भन्छिन्, ‘परिवारमा नराम्रो होला भनेर नलाने भनिकी म पनि परिवारकै अनुमतिमा जान पाएपछि खुशीको सिमा रहेन। हामी डोटी गयौ। रमायौ।’

……

‘डोटीमै छँदा असारको सुरुवातमा घरबाट फोन आयो। त्यसलाई (प्रेमिकालाई) घर फर्काइदे भन्दै। मैले जान आग्रह गरे उनी मानिनन्। मैले नै लिएर असारमा घर आए। फर्केर डोटी गए। पुनः धानरोपाइको लागि डोटीबाट घर आउँदा ठुलो समस्या भयो। उसको घरमा मसँग हिडेको बोलेको केही पनि देख्नै नसक्ने भए। उ भने एक छिन घरमा बस्न नसक्ने । सबै लागेर थुन्दा रातको १२ बजे भए पनि उनलाई मेरोमा आउनै पर्ने।’ बसन्ति सम्झन्छिन्, ‘त्यसछि उनलाई कुनै हालतमा मसँग विवाह गर्न नदिने भएपछि म केहीसमय मौन बस्ने निर्णयमा उनलाई नभेट्न भने। तर प्रेमिकाले विवाह नगर्ने भए नबाच्ने निर्णय सुनइन्। उनी मर्न भनेर घरबाट हिडिछन्। मलाई त बोल्न समेत प्रतिबन्ध थियो। धेरै दुःख त लाग्यो तर बचाउन जान समेत मलाई अनुमति थिएन।’

घरका दाईहरु गएर ल्याउने प्रयत्न गरेछन्। नसकेपछि बसन्तिलाई बोलाए। उनलाई फर्काउनकै लागि बसन्ती त्यहाँ पुगिन। तर प्रेमिका फर्कन तयार भइनन्। फर्कने एउटै सर्त रह्यो उनको बसन्तीसँग विवाह गर्न पाउनुपर्ने। परिवारले अनुमति दियो। त्यसपछि उनी फर्किन्।

‘मैले धैरै फकाएपछि र परिवारले पनि अनुमति दिएपछि उनी विवाह गर्ने सर्तमा फर्कन तयार भइन्। दाईको गाडीमा बस्न मानिनन् मेरै साइकल चढेर घर फर्किन्। घर फर्कदा। गाउँले जम्मा भएर बसेका रहेछन्। घरपुग्नासाथ उनकी हजुरआमाले जगल्टा उखेल्न थालिन। अब उसँग विवाह गर्छेस कि गर्दिनस भन्दै उसले उसँग विवाह गर्छु गर्न पाइन भने म मर्छु मलाई मार भनिन, बसन्ति सम्झन्छिन, उनलाई त्यति भन्ना साथ कुखुरा भुत्ल्याएझै पुरै टाउको नाङ्गै हुनेगरी कपाल उखेलियो। केकेले मात्र पिटिएन ? उनी बेहोसिमा पनि भन्दै थिइन। म उसैसँग विवाह गर्छु।’
त्यसपछि पालो आयो बसन्तीको। ‘त पनि उहीसँग विवाह गर्छेस ?’ प्रश्न बसन्तीतर्फ फर्कियो।

बसन्तीले डरभित्रै हिम्मत निकालिन् –’हो म उहीसँग विवाह गर्छु।’

त्यसपछि पहिलोपटक उनलाई झापड हान्ने उनकै बुवा थिए। त्यसपछि सबै उनैमाथि खनिए। वेहोस भएर घरभित्र लगिएकी प्रेमिकालाई सबैले छोडे। सबै खनिदा उनी बेहोस भइन्। भोलिपल्ट ओछ्यान हजुरआमाले तेल लगाउँदै खुट्टा मालिस गर्दा बिउझिन्।

त्यतिले मात्र पुगेन उनलाई। ‘बिहान बुवाले घरबाट निस्कि त जा, तेरो मुख मैले अब देख्नु नपरोस भन्दै भएका कपडा आगनमा फालिदिनुभयो। मैले बाहिरको कोठाबाट बाँकी मेरा सामग्री बोके त्यसपछि काठमाडौं आएकी छुँ। सम्भावतः मेरा लागि घरमा पुन बास उपलब्ध छैन। जीवनमा के गर्ने भनेर सोच्न सकेकी छैन।’

अहिले बसन्तीका आफ्नै परिवारसँग अनी उनकी प्रेमिकाको परिवारसँग प्रश्नै-प्रश्न छन् बसन्तिका। ‘हिजो मलाई ज्वाई भनेर सम्बोधन गर्नेहरु आज किन मार्न उद्धत भए ? हिजो प्रेमलाई मलजल गर्ने बाबुआमा आज किन बैरी भए ? अनी आफै मर्न हिड्दा जोगाएर फर्काउनेले किन आफै मार्ने प्रयत्न गरे ?’

…..

बसन्तीले हिम्ममत भने हारेकी छैनन्। ‘मेरो प्रेमिका नै परिवारबाट कन्भिन्स हुन्छिन् मसँग विवाह गर्दिन भन्छिन भने फरक कुरा। मेरो भन्नु केही छैन।’ बसन्ति भन्छिन्,  ‘उनी मसँग आउन चाहन्छिन् र फेरी पनि त्यस्तै भयो भने। अहिले मैले केही नगर्नुलाई अब कमजोरी नठाने हुन्छ। मानवअधिकार छ। प्रहरी प्रशासन छ। म कसैलाई पनि छोड्नेवाला छैन। सबैले समयमै बुझे हुन्छ।’

यसमा तपाइको मत

समाजबाट अन्य समाचार