राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी हुने खेलाडिको नाम छनौट, पहिलो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउने

काठमाडौं (पहिचान) चैत्र २९ – यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका लागि राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी हुने खेलाडिको नाम छनौट भएको छ । नील हिरा समाजको खेलाडि छनौटका लागि गठन गरेको समितिले ६३ जना यौनिक तथा लैंगिक अल्पसंख्यक खेलाडिहरुको नाम छनौट गरेको हो ।

समाजले दिएको जिम्मेवारी अनुसार उनीहरुले ६३ जना यौनिक तथा लैंगिक अल्पसंख्यक खेलाडिको नाम छनौट गरेका हुन् । समितिका सदस्यहरुले दिएको नामावली अनुसार पूर्व क्षेत्रबाट नुमी हाङ राई, सम्राट चौधरी, कृष्ण तामाङ, रुविना नेपाल, चञ्चला शुब्बा, अनिल भगत, विनोद मैनाली, राम प्रकाश चौधरी र उमाकान्त चौधरी छनौट भएका छन् । मध्य पश्चिम क्षेत्रबाट सुजाता चौधरी, मोनिका चौधरी, मुस्कान डागी, बर्सा थापा, निर्जला मगर, शिला गुरुङ, दुर्गा मल्ल, अंकित पुन र नविन चौधरी टोलीमा परेका छन् ।

यस्तै काठमाडौं दुई टिममा रहने खेलाडिको नाम पनि छनौट भएको छ । काठमाडौंबाट बिश्वराज अधिकारी, सिफोरा गुरुङ, सिम्पल बिष्ट, श्याम राना, अवि जैशी, मुस्कान गुरुङ, पृथ्वी चौधरी, पल्लवी शर्मा र सहारा केसीको नाम छनौट भएको छ । काठमाडौं बाटै नवराज कार्की, मनिल सिंह, बसन्त कडायत, ज्याकी श्रेष्ठ, भक्ति शाह, सुदीप गौतम, राजु धिमाल, सिर्जु थापा र भक्त बलायरको नाम पनि छनौट भएको छ ।

पश्चिम क्षेत्रबाट पिताम्वर क्षेत्री, गोविन्द नेपाली, विन्दिया गौतम, राज मंगल लोध, सुग्रिव प्यासी, उदय बहादुर थापा, अवान्तिका घर्ती, रोहित चौधरी र रिना राना रहेका छन् । यस्तै सुदुरपश्चिम क्षेत्रबाट आशिका चौधरी, निरङ चौधरी, भगत राम चौधरी, राज चौधरी, अनिषा धमला, दुर्गा भाट, करुणा नेपाल, राज राना र सन्दिप भुजेल रहेका छन् ।

केन्द्र टोली नाम दिइएको क्षेत्रबाट देब श्रेष्ठ, अमित अधिकारी, जिना मगर, कल्पु गुरुङ, यादव चौधरी, सुमन कुमाल, सल्लु विक, गंगा चौधरी र गणेश साह रहेका छन् । समितिमा संजय शर्मा, बिश्वराज अधिकारी, भक्ति शाह, सुदीप गौतम र अपेक्षा दाहाल रहेका थिए । उनीहरुलाई सात वटा टिममा रहने समुदायका खेलाडिको नाम छनौट गर्ने जिम्मेवारी थियो ।

प्रतियोगिता बैशाख ७ र ८ गते काठमाडौंमा हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टोलीले ५० हजार, दोस्रो हुने टोलीले ३० हजार र दोस्रो हुने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछ ।

सहभागी टिमलाई गाडी भाडा, दैनिक भ्रमण भत्ता र खेल पोशाक (जुत्ता, मोजा सहित) परिषद्ले उपलब्ध गराउने छ । प्रतियोगिताको अनुमानित खर्च दश लाख ५० हजार रहने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

यसअघि सन् २०१२ मा नील हिरा समाजको आयोजनामा दक्षिण एसियाली यौनिक तथा लैंगिक अल्पसंख्यहरुको खेलकुद महोत्सव भएको थियो । काठमार्डौमा भएको त्यो महोत्सवमा सहभागी भएका खेलाडि पनि राखेपले गर्ने यो फुटसल प्रतियोगिता सहभागी हुने भएका छन् । सरकारी स्तरमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसल प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो ।

यो पनि पढ्नुहोस