संख्याको बलले सत्यता निर्धारण हुँदैन

काठमाडौं/पहिचान – हुन त सबैको आफ्नो आफ्नो बिचार हुन्छ र ब्यक्तिगत अधिकार एवं धारणा व्यक्त गर्न पाउने हैसियत राख्ने देशको नागरिक हौं हामी । बिश्व मानचित्रको बिन्दुमा पनि नअटाउने शुस्मबित्तामा आमाको पेटमा पनि पुरा आयु नली बिश्वमा नया बिचार फैलाओस भनेरै होला मेरो कान्छो काकाले मेरो नामाकरण गर्नु भएको बिश्वराज । अनि बुबाको पुस्ता धान्ने चिनो अधिकारी…….बिश्वराज अधिकारी ।

जन्मिदा फरक, हुर्किदा अरु दाजुभाई भन्दा अलि फरक अनि बैसमा सबै परिवार भन्दा धेरै फरक मसशुसले भित्र भित्रै दन्किएको मेरो असामान्य अनुभुति अनि सामान्य गाउले परिवेश छिचोल्दै नंया र उज्यालो गन्तब्य नाप्न मात्र भाग्य भरोसामा बिश्वास गर्दै हिड्ने मान्छे । म आज आफ्नो बुद्धि, विवेक, बल, रूप अनि अरु धेरै बिस्तारमा बताउनु पर्ने कुरामा बिश्वास राख्छु । धेरैले घमण्ड नगर भन्ने सल्लाह पनि दिन्छन् । तर राम्रो भएर होला ऐना घरमै छोडेर हिड्ने बानी छ मेरो ।

जो होस जो संग जे छ त्यसमा थोरै घमण्ड नभए इतिहासले पनि तिरस्कार गर्छ जस्तो लाग्छ । नत्र द्रौपतीमा घमण्ड नभएको भए महभारत सायद नहुनेमा हाम्रा बौद्धिक ब्यक्तिहरुको तर्क छ । कुरोको चुरो के हो भने अरु कुराको त धेरै ज्ञान छैन तर म, मेरो र हाम्रोसम्म शब्दको शब्दकोष परिभाषा अनुसार केही गर्न सक्छु भन्ने बिश्वास छ । जुन पूरा नहुनेमा कुनै दुई मत छैन तर त्यसमा म र मेरो लागि जिम्मेवार हुनुपर्ने घर, परिवार, साथिभाई, समाज र समयमा भर पर्छ कति अनि कहिलेको उत्तरहरु ।

सपनामा रमाउने बखतमा देखेको प्राय सपना सबै पूरा भएको भाग्यशाली ब्यक्ति जन्माउने मेरा स्वर्गीय बुबालाई बिगतमा मबाट जानी नजानी भएको गल्ती प्रती माफी माग्दै उच्च आदर प्रकट गर्दछु । तर पनि सपना पुरा गर्ने दौडधुपमा मैले गर्न र सोच्न नसकेको कुराहरू सम्झी सम्झी गर्न मन छ । अझ त्यो बेलामा गर्न सक्ने भन्दा धेरै परिस्कृत तरिकाबाट । जीवनमा एउटा गुनासो जरुर हुनेछ कि फरक, परिवर्तन अनि परिस्कृत हुनु खराव भयो भन्नेमा मत धेरैले हाल्छन तथापि संख्याको बलले सत्यता निर्धारण कदापी हुने होइन ।……सबैलाई चेतना भया ।

(नील हिरा समाजको नर्वेजियन परियोजनामा कार्यरत पहिलो मिष्टर गे हेन्डसमको उपाधी विजेता बिश्वराज अधिकारीको यो विचार हामीले उनकै सामाजिक संजाल फेसबुकबाट लिएका हौ ।)