‘लेडिज एण्ड जेन्टलम्यानका साथै थर्डजेण्डर संवोधन गरिनुपर्छ’

काठमाडौं (पहिचान) माघ २ – एकल राज्य सत्ता विरूद्ध उठेको १० वर्षे जनयुद्ध १९ दिने जनआन्दोलनले थुप्रै पहिचान सहितको अधिकारलाई जुरूक्कै उठाएकै हो । ती मुद्धाहरु मध्ये लेडिज एण्ड जेण्टलमेनको साथमा थर्ड जेण्डर संवोधन हुनु पर्छ भन्ने पनि हो । जुन आन्दोलनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय तेस्रोलिंगी, समलिंगी महिला, समलिंगी पुरुष दुईलिंगी, अन्तरलिंगीमा समेत चेतना जागरूक ग¥यो । आजको माग तेस्रोलिंगी समलिंगीलाई गिन्तीमा सम्मान गरिनुपर्दछ, भन्ने नै हो ।

तेस्रोलिंगी/समलिंगीका कुरा 

कुकुरले मानिसलाई टोक्दा सामान्य लिइन्छ किनकी त्यो विश्वव्यापी सत्य हो तर मानिसले कुकुरलाई टोके त्यो समाचार बन्दछ । त्यसैगरी बहुसङ्ख्यक मानिसहरूले दाँया हात प्रयोग गर्छन् तर थोरैले बाँया चलाउँछन् । त्यसैले बायाँ हात चलाउनेको कुरा काट्छन् भनिए जस्तै, विपरीत लिंगीहरू विश्वव्यापी रूपमा बहुमतमा छन् ।

तर समलिंगी /तेस्रोलिंगीहरू अल्पमतमा हुनाले पनि विपरित लिंगीको तुलनामा चर्चित हुन पुगेको हो । तेस्रोलिंगी जनसङ्ख्याको १० प्रतिसत रहेता पनि अति न्युन सङ्ख्यामा मात्र अस्तित्वमा देखिन्छन् । समलिंगी तेस्रोलिंगीलाई बहुसङ्ख्यक विपरीत लिंगीहरूले असामान्य व्यक्तित्वका रूपमा अपव्याख्या गर्नु नै समस्याको मुल कारण हो ।

तेस्रोलिंगी/समलिंगीबारे तथ्य कुरा :

हामी मध्ये धेरैलाई तेस्रोलिंगी भन्नाले पुरूष लिंगीले आफुलाई महिला ठान्ने र महिलाले आफुलाई पुरूष ठान्ने होला भन्ठान्छौ तर वास्तविकतामा त्यस्तो नभई स्त्रि र पुरूष भन्दा छुट्टै हुन तेस्रोलिंगी समलिंगीहरु ।

उनीहरूलाई विभिन्न नामले चिनिन्छ ।

मेटी – पूर्वि नेपाल तिर किराती भाषामा तेस्रोलिंगीलाई मेटी भनिन्छ ।

सिङ्गारू – पश्चिम नेपालको पहाडी भूभागमा तेस्रोलिंगीलाई खस भाषामा सिङगारू भनिन्छ ।

मारूनी – केटीको भेषमा नाच्ने पुरूष तेस्रोलिंगी सम्भवत मगर भाषा हो ।

मौगिया/कोथी – तेस्रोलिंगीलाई तराईतिर मैथली भाषामा मौगिया वा कोथी भनिन्छ ।

फुलुमुलु– तेस्रोलिंगीलाई हिमाली भेगमा भोटे भाषीहरूले फुलुमुलु भनिन्छ ।

हिजडा– भारतमा तेस्रोलिंगीलाई हिजडा भन्ने गरिन्छ । सम्भवतः यो गालीको भाषा हो ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय

तेस्रोलिंगी महिला, पुरुष :

जन्मदा छोरा पछि छोरीमा खुल्ने अनि जन्मदा छोरी पछि छोराको पहिचानमा अगाडि आउन रुचाउने ।

अन्तरलिंगी –

जन्मदा नै छोरा/छोरी छुट्याउन नसकिने यौनिक तथा लैंगिक समुदायलाई अन्तरलिंगी भनिन्छ । चिकित्सकिय भाषामा हेर्माफ्रोडाइट्स भनिन्छ । यस्ता अन्तरलिंगी बालबालिकाको यौन अङ्ग सल्यक्रियाद्वारा प्रत्यारोपण गर्ने गरिन्छ । तर बलजफती लैंगिक पहिचान विगारी दिन नहुने किनकी ती बच्चापछि गएर कुन लिंगीय स्वभावको हुने हो निक्र्यौलनै हुन पाएको हुदैन, उनीहरू भन्छन् ।

समलिंगी– महिला र पुरुष :
भावनात्मक रूपले आफु जस्तै समान लिंग प्रति आकर्षित हुनेलाई समलिंगी भनिन्छ । महिला– पुरूषप्रति र पुरूष महिलाप्रति आकर्षित हुने विश्वव्यापी सिद्धान्त हो तर महिला–महिलाप्रति र पुरूष÷पुरूषप्रति आकर्सित हुनु प्रचलित मान्यताभन्दा फरक भएकोले यिनीहरुलाई समलिंगी भनिन्छ । दुइलिंगी –शारीरिक तथा मानसिक रूपले महिला÷पुरूष दुवैसँग आकर्षित हुने व्यक्ति दुई लिंगी हुन् । दुई लिंगीकोे शारीरिक सम्वन्ध दुवै लिंगका संग हुन्छ ।

समलिंगी/तेस्रोलिंगीका माग र वर्तमान स्थिती :

नागरिकतामा पहिचान खुलाउनुपर्ने ।  तेस्रोलिंगी/समलिंगीप्रति हुने वहिस्करणको उपचार कानूनी रूपमै सुरक्षित हुनुपर्दछ । जनसङ्ख्याको आधारमा राज्यका हरेक क्षेत्रमा समानुपातिक/समावेशिय प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने, उत्पीडित वर्ग राहतको लागि तेस्रोलिंगी/समलिंगीलाई शिक्षा, रोजगार र कानुनी उपचारमा ग्यारेण्टी गरिनुपर्ने । सविधानत: तेस्रोलिंगी अधिकारको ग्यारेन्टी हुनुपर्ने ।

तेस्रोलिंगी, समलिंगीलाई घरदेखि सडकसम्मै समस्या :

विपरीत लिंगी सन्तानले बोलीचाली हाउभाउमा भिन्न देखाउँदा शुरूमा रमाइलो मान्छन् इष्टमित्रहरू । त्यही स्वभावका कारण तेस्रोलिंगीलाई रोगीको रूपमा हेर्ने गर्दछन् । मानसिक रोगको उपचार समेत गराउँदछन् ।

केही सुधार नभएपछि सुस्त मनस्थितीका रूपमा उनीहरूलाई हुर्काउनेछन् । विभेद घरबाटै शुरू हुन थाल्दछ । उनीहरूलाई जन्म दिने बुवाआमा, भाईवहिनीले पनि व्यङग्य गर्ने गर्दछन् । बाटो हिड्दा, स्कुल पढ्दा साथी संगी, शिक्षक, शिक्षिकाबाट गरिने भेदभावका कारण पढाईमा बाधा पर्दछ । विभेद बढ्दै गएपछि उनीहरूको पढाई कमजोर बन्दै जाने गरेको छ ।

घरपरिवार, राज्यले रचनात्मक सीप, आत्मनिर्भर हुने तालिमको व्यवस्था नगरेपछि सडकमाआउनुको विकल्प रहदैन् । शौचालयमा महिला/पुरूष उल्लेख हुँदा तेस्रोलिंगीले कुन शौचालय प्रयोग गर्ने दुविधा सहितकोे तितो अनुभव छ ।

तेस्रोलिंगी दिवस र आव्हान :

क) प्रकृतिको सुन्दर सिर्जनामध्ये पुरूष र स्त्रि भन्दा छुट्टै अर्को पनि छुट्टै लिंग छ भन्ने स्विकार गरिदेउ ।

ख) तेस्रोलिंगी अप्राकृतिक होइन, न कुनै रोग वा पागलपन ।

मे १७, १९९० का दिन विश्व स्वास्थ्य संगठनले तेस्रोलिंगीको आचरण कुनै रोग नभई सामान्य जीवनशैली भएको पुष्टि गरिएको थियो । नेपालमा मे १७ लाई तेस्रोलिंगी अधिकार दिवस नील हिरा समाज लगायत ४० जिल्लाका तेस्रोलिंगी सङ्घ–संस्थाले संयुक्त रूपमा मनाउन थालेका हुन् । दिवसको नेतृत्व पूर्व सभासद तथा नील हिरा समाजका संस्थापक सुनिलबाबु पन्तले अगुवाई गर्नु भएको थियो ।

जसका कारण आज देशमा यौनिक तथा लैंगिक अल्पसंख्यक तेस्रोलिंगी पनि विपरित लिंगीको जस्तै मौलिक अस्तित्व छ है भन्ने कुरालाई राष्ट्र समाजले नै स्वीकार गरेको छ । तेस्रोलिंगीको आवाजलाई विघटित २०६३ को संविधान सभाले समेत स्वीकार्दै मागलाई सरकार तथा जनस्तरबाट पनि पुरा गर्नुपर्ने तथ्य आत्मसाथ गरिएको छ ।

विश्वका प्रसिद्ध तेस्रोलिंगीहरु, समलिंगीहरु :

विश्वकै प्रथम महिला समलिंगी प्रधानमन्त्री जोहोना सिगुरडडोटर :

भनिन्छ–आइसल्याण्डकी ६६ वर्षिया महिला समलिंगी जोहोना सिगुरडडोटर प्रधानमन्त्री सम्म बन्नसफल भईन । सन् २००९ देखि उनी प्रधानमन्त्री बनेकी हुन् । उनको जीवनसाथी थिइन, जोनिना लिटास ।

तेस्रोलिंगी टेनिस खेलाडी मार्टिनन नोभ्रातिलोमा :

विश्वविख्यात टेनिस खेलाडी मार्टिना नोभ्रातिलोभा पनि महिला समलिंगी भएको घोषणा ३० वर्ष अगाडि सार्वजनिक गरिन् । तर दक्षिण अमेरिकी मुलुक पाराग्वेले उनलाई विभेदको व्यवहार कहिल्यै गरेन् । त्यस मुलुकले उहाँको सम्मानका लागि हुलाक टिकट समेट प्रकासित गरेको छ ।

चर्चित कार्यक्रम प्रस्तोता एलेन डी जेनेस प्रख्यात समलिंगी :

स्टार वल्र्डका द डिंजेनेस सो का सञ्चालिका उनी आफुलाई महिला समलिंगी भएको घोषणा गरेपछि जत्ति चर्चित वनिन् त्यत्ति पहिले थिएनन् । अमेरिकी नागरिक एलेन डी जेनेस जस्ता चर्चित तेस्रोलिंगी सममलिंगीहरूको आवाजकै कारण अमेरिकी राष्ट्रले समलिंगी विवाहलाई कानुनी रूपमा स्विकार गर्न वाध्य गरायो ।

(यो भूमिका (तेस्रोलिंगी आत्मकथा) पुस्तक लोकार्पणका अवसरमा पदम श्रेष्ठले दिएको मन्तव्य हो । )