शैक्षिक क्षेत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय : शिक्षक, व्यवस्थापन र अविभावकसम्मलाई अभिमुखीकरण


कास्की (पहिचान) भदौ २६ – यौनिक तजथा लैंगिक अल्पसंख्यक समुदायका विषय विद्यालयका प्राथमिक तह देखि उच्चमाध्यामिक तहसम्मका करिकुलममा समेट्ने तयारी भएको छ । शिक्षा मन्त्रालय अन्तवगर्तको पाठ्यक्रम विकास केन्द्रले यस्तो तयारी सुरु गरेको हो ।

त्यस मध्य प्राथमिक र निम्न माध्यामिक तहसम्मको करिकुलममा यौनिक अल्पसंख्यकका विषय समेटिसकेको छ भने उच्च माध्यामिक तहको करिकुलममा चाडै समेट्ने तयारी छ । नील हिरा समाजले पोखरामा गरेको राष्ट्रिय परामर्श भेलामा पाठ्यक्रम विकास केन्द्रले यस्तो जानकारी दिएको हो ।

समाजको एनसीएममा भएको शैक्षिक प्यानलमा सहभागि पाठ्यक्रम विकास अधिकृत युवराज अधिकारीले प्रारम्भिक शिक्षा देखि यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय समेटिएको भन्दै चाडै कक्षा ११ र १२ को करिकुलममा पनि समेट्ने तयारीमा रहेको बताए । ‘प्रारम्भिक बाल शिक्षा देखि कक्षा १२ सम्मको पाठ्यक्रम तयार पार्नु छ । कक्षा ११ र १२ को तयार पार्दैछौ,’ अधिकारीले भने, ‘बृहत यौनिकता शिक्षा राखेका छौं, त्यसले यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय समेट्छ भन्ने सोचेका छौं ।’

उनले कक्षा एक देखि नै आधाभूत शिक्षा पाठ्यक्रम २०६९ ले स्वास्थ्य र शारिरीक शिक्षामा यो विषय समेटेको भन्दै माध्यामिक शिक्षा पाठ्यक्रम २०७१ ले काक्षा ९ र १० मा पनि समेटेको बताए । ‘अब हामीलाई कक्षा ११ र १२ को पाठ्यक्रम बनाउने जिम्मेवारी आएको छ, अब त्यसमा पनि समेट्ने तयारी गरेका छौैं,’ अधिकारीले भने ।

यसमा तपाइको मत

शिक्षा / स्वास्थ्यबाट अन्य समाचार