नक्कली प्रकरणमा सक्कली शरणार्थी टेकनाथको बहस हुन बाँकी

नक्कली प्रकरणमा सक्कली शरणार्थी टेकनाथको बहस हुन बाँकी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक सरकारको नेतृत्व गरे लगत्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चपदस्थ पक्राउ परे। यो प्रकरणमा तत्कालीन मन्त्रिपरिषद् नै संलग्न रहेको प्रतिवादीहरूले बयान दिए।

तर, उच्चपदस्थ भनिएका मध्ये पूर्वगृहमन्त्री, पूर्वउपप्रधानमन्त्री, गृहसचिव, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहका इन्द्रजित राईसँगै सक्कली भुटानी शरणार्थी टेकनाथ रिजाल समेत पक्राउ परे।

सरकारले यो प्रकरणमा नाम मुछिएका अरू उच्चपदस्थलाई मुद्दा नचलाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। यो प्रकरणले सरकार नै धरमरको अवस्थामा पुग्ने आशङ्का गरेका प्रधानमन्त्री प्रचण्डले पद जोगाउन नलाग्ने र कठोर रूपमा प्रस्तुत हुने बताएका छन्।

नक्कली शरणार्थी बनाउने प्रकरणमा तत्कालीन काँग्रेस र एमाले नेतृत्वको सरकार नै संलग्न रहेको बयान प्रतिवादीहरूले दिएका छन्। नाम मुछिएका उच्चपदस्थलाई पक्राउ गर्न प्रचण्डलाई पनि चुनौती देखिएको छ।

पक्राउ परेकाहरूले पनि अदालती बयानमा फसाउन खोजिएको भनेर आरोपबाट मुक्त हुने जुक्ति निकालेका छन्। काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गृहमन्त्री रहेका बालकृष्ण खाँणलाई काँग्रेसको सभापति मात्रै नभएर प्रधानमन्त्री नै बन्न नदिन फसाइएको जिकिर खाँणका कानुन व्यवसायीले गरेका छन्।

पक्राउ पुर्जी जारी भएपछि फरार भएर एक सातापछि पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका कानुन व्यवसायीले एमाले सिद्ध्याउन आरोप लगाइएको जिकिर गरेका छन्।

पक्राउ परेका १५ जना प्रतिवादीका कानुन व्यवसायीले प्रतिरक्षा बहस सकेका छन्। बिहीबार सक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँगै बाँकी अरू दुई प्रतिवादीका तर्फबाट थुनछेक बहस हुनेछ।

प्रतिवादीहरूले आफ्नो तर्फबाट कानुन व्यवसायीको ताँती लगाउँदा नक्कली शरणार्थी प्रकरणको मुद्दाको थुनछेक बहस लम्बिएको छ। जेठ २१ गतेदेखि सुरु भएको थुनछेक बहसको आदेश बुधवार दिने अदालतको तयारी थियो। तर, बहस लम्बिएका कारण बिहीबार मात्रै आदेश आउने सम्भावना छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी सुनुवाइमा प्रतिवादी पूर्वगृहमन्त्री बालकृष्ण खाँणको प्रतिरक्षामा मात्रै १५ जना कानुन व्यवसायीले बहस गरेका छन्। खाँणको प्रतिरक्षामा हाइप्रोफाइल अधिवक्ताहरू उत्रिए।

सरकारी वकिलहरूमाथि आक्रोशित हुँदै पूर्वमहान्यायाधिवक्ताद्धय खम्बहादुर खाती र रमणकुमार श्रेष्ठले कसुर ठहरिने कुनै प्रमाण विना नै कसैले बयानमा पोलेको आधारमा अदालतमा मुद्दा थोपरेको तर्क गरे।

खाँणका तर्फबाट मात्रै डेढ दिन बहस भएपछि बिहीबार तीन प्रतिवादीका तर्फबाट थप कानुन व्यवसायीले प्रतिरक्षा बहस गर्ने सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।

प्रतिवादीको बहस सकिए लगत्तै सरकारी वकिलले जवाफी बहस गर्नेछन्। भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा जेठ १० गते अभियोग पत्र दर्ता गरेको थियो।

यस प्रकरणमा ३० जनामाथि किर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको छ। उनीहरूबाट २८ करोड ८१ लाख बिगो माग गरिएको छ। आरोपीमध्ये १२ जना अझैँ फरार छन्।

सम्बन्धित समाचार

नक्कली शरणार्थी : न्यायाधीशको प्रश्नमा वकिल नाजवाफ

नक्कली शरणार्थी : मानवीय व्यवहार गर्न न्यायाधीशको आदेश

न्यायाधीश समक्ष टेकनाथको गुनासो, सुत्ने ठाउँमा सासै फेर्न पाइँदैन

प्रधानमन्त्री, गृहमन्त्री र गृहसचिवले भुटानी शरणार्थीलाई कन्त बिजोग बनाए

नक्कली शरणार्थी : अभियुक्तहरूलाई पीडितको रूपमा प्रस्तुत

नक्कली शरणार्थी : थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल

नक्कली शरणार्थी : थुनछेक बहसमा टोपबहादुर र बालकृष्णको हेराहेर

नक्कली शरणार्थी प्रकरणमा टेकनाथको बयान, मन्त्रिपरिषद् जिम्मेवार हुनुपर्छ

नक्कली भुटानी शरणार्थी : सक्कलीको सकियो बयान, आइतबार थुनछेक बहस

नक्कली शरणार्थी : बयान दिन आनाकानी गर्ने पूर्वगृहमन्त्री खाँणको रिजालसँगै लिने तयारी

टेकनाथलाई रिहा गर्न माग गर्दै भुटानी सङ्घसंस्थाले निकाले अपिल

नक्कली शरणार्थी : बयान दिन आनाकानी, ‘बिरामी भए, सन्चो छैन’ भन्ने बहाना

भुटानी शरणार्थीले खोजे भारतीय सहयोग, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

नक्कली शरणार्थी : बयान लिन खोज्दा बादलका सुरक्षा सल्लाहकार राईलाई बिसन्चो

नक्कली शरणार्थी : निर्दोष फस्ने, दोषी उम्कने चिन्ता

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजालले नै दिएका थिए प्रहरीमा निवेदन

नक्कली भुटानी शरणार्थी : अब अदालतमा थुनछेक बहस

नक्कली शरणार्थी प्रकरणमा एक-अर्कालाई पोलापोल, काँग्रेस र एमाले आक्रोशित

नक्कली शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध मुद्दा, २७ करोड ५० लाख बिगो दाबी

टेकनाथ रिजालको बयान, ‘जसले आश्रय दियो, उसैले फसायो’

‘नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालमाथि भ्रष्टहरूको प्रतिशोध’

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading